दुर्घटनामा निधन भएकाप्रति राष्ट्रपतिद्वारा दुःख व्यक्त

दुर्घटनामा निधन भएकाप्रति राष्ट्रपतिद्वारा दुःख व्यक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले मुगुलगायत विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा परी ठूलो संख्यामा नेपालीले अकालमा ज्यान गुमाउनु परेकामा आफू मर्माहत भएको बताएकी छन् । 


Advertisement

बुधवार सामाजिक सञ्जाल ट्वीटरमार्फत् बडादशैँ मनाउन आफ्नो घर जाने र घुमघामका लागि यात्रा गर्ने क्रममा मुगु, सिन्धुपाल्चोक, अछाम, स्याङ्जा, डडेल्धुरा, कास्कीलगायतका स्थानमा भएका दुःखद् दुर्घटनामा निधन भएकाप्रति राष्ट्रपति भण्डारीले दुःख व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना व्यक्त गरेकी छन् । 


Advertisement

उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रायः चाडबाडका बेला सवारी दुर्घटना बढी हुने प्रवृत्ति पटक-पटक दोहोरिने क्रम जारी रहेकाले नियामक निकाय, सेवा प्रदायक तथा सेवाग्राही सबैलाई सतर्कता अपनाउन ध्यानाकर्षण गराएकी छन् । 
 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्