बैतडीमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु

महाकाली राजमार्गमा ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । 


Advertisement

बैतडीको डिलासैनीबाट सतबाँझतर्फ गइरहेको अनटेस्ट लेखिएको ट्रयाक्टर दोगडाकेदार गाउँपालिका–३ तारलमा आज बिहान करीब १ बजेतिर दुर्घटना हुँदा सो ट्रयाक्टरका चालक डिलासैनी गाउँपालिका–३ का २३ वर्षीय योगेश पालको मृत्यु भएको ट्राफिक प्रहरी पोष्टले जनाएको छ । 


Advertisement

मृतक पाल नेकपा एमाले बैतडीका जिल्ला अध्यक्ष सुरेन्द्र पालका छोरा रहेको बुझिएको छ ।  योगेशको उपचारका क्रममा जिल्ला अस्पताल बैतडी लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।  

सोही ट्रयाक्टरमा सवार डिलासैनी–३ कै राकेश कोलीले हामफालेर ज्यान जोगाएका छन् । उनी सामान्य घाइते छन् । दुर्घटनाग्रस्त ट्रयाक्टर सडकबाट ५० मिटर तल खसेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्