सरकारले दुर्घटनाका घाइतेको निःशुल्क उपचार र मृतक परिवारलाई राहत दिने

सरकारले दुर्घटनाका घाइतेको निःशुल्क उपचार र मृतक परिवारलाई राहत दिने

सरकारले सवारीसाधन दुर्घटनामा घाइते भएका यात्रुको निःशुल्क उपचार र मृतक परिवारलाई उचित राहत दिने भएको छ ।


Advertisement

गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै सार्वजनिक सवारीसाधन दुर्घटनामा ज्यान गुमाउनेहरूको किरिया खर्च, मृतकका परिवारलाई उचित राहतको व्यवस्था र घाइतेको निःशुल्क उपचार गरिदिने जानकारी दिए ।


Advertisement

मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ, ‘सार्वजनिक सवारी दुर्घटनामा ज्यान गुमाउनेहरूको अन्त्येष्टि तथा किरिया खर्च, मृतकका परिवारलाई उचित राहतको व्यवस्था र घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था नेपाल सरकारले मिलाउने जानकारी गराइन्छ ।’


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्