साफ फूटबलको फाइनलमा पुगेको नेपाली टोलीलाई प्रधानमन्त्री देउवाबाट प्रोत्साहन !

साफ फूटबलको फाइनलमा पुगेको नेपाली टोलीलाई प्रधानमन्त्री देउवाबाट प्रोत्साहन !
फाइल फोटो

साफ फूटबल प्रतियोगिताको फाइनल प्रतिस्पर्धामा पुगेको नेपाली टोलीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले प्रोत्साहन दिएका छन् ।


Advertisement

सामाजिक सञ्जाल ट्विटरमा लेख्दै प्रधानमन्त्री देउवाले नेपाली टोलीलाई बधाई तथा शुभकामना समेत दिएका छन् ।


Advertisement

देउवाले लेखेका छन्, ‘साफ फूटबल प्रतियोगिताको फाइनल प्रतिस्पर्धामा पुगेको नेपाली फूटबल टोलीका सम्पूर्ण खेलाडी, प्रशिक्षक तथा अफिसियलहरूलाई बधाई तथा आगामी खेलको लागि शुभेच्छासहित प्रोत्साहन दिन चाहन्छु ।’

बुधवार भएको खेलमा बंगलादेशसँग बराबरी खेल्दै नेपाल फाइनलमा प्रवेश गरेको हो । नेपाल र बंगलादेशबीचको खेल १–१ गोलको बराबरीमा सकिएको छ ।


Advertisement

खेलको ८८औं मिनेटमा नेपालका लागि अञ्जन विष्टले पेनाल्टीमार्फत १ गोल गरेका हुन् । यसअघि खेलको ९औं मिनेटमा बंगलादेशका लागि सुमन रेजाले गोल गरेका थिए ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्