बुटवल तल्लो देवीनगरका दुुई घरमा चोरी

बुटवल तल्लो देवीनगरका दुुई घरमा चोरी
सांकेतिक तस्वीर।

रुपन्देहीको बुटवल–११, देवीनगरका दुई घरमा धनमाल चोरी भएको छ । 


Advertisement

तल्लो देवीनगर रंगशालामार्गमा पर्ने जुना भण्डारी र चुमा श्रेष्ठ नगरकोटीको घरमा असोज २८ गते राति घरमा कोही नभएको मौका छोपेर चोरी भएको हो । 


Advertisement

भण्डारीको घरमा रहेको एक लाख ५२ हजार नगद र ७ लाख रूपैयाँ बराबरका गरगहना चोरी भएका छन् । त्यस्तै श्रेष्ठको घरमा पनि नगद र गरगहना चोरी भएको छ । 

भाडामा बस्नेका समेत नगदसहित गहना चोरी भएको टोल विकास संस्थाका अध्यक्ष दुुर्गाप्रसाद श्रेष्ठले जानकारी दिए । दुुवै घरका दशैंको टीका लगाउन जिल्लाबाहिर आफन्तकोमा गएका थिए । 


Advertisement

‘दुुवै घरमा दशैमा कोही नभएको संकेत पाएपछि चोरी भएको छ,’ श्रेष्ठले भने, ‘मूलगेट र भित्री गेटको ताला तोडेर चोर भित्र पसेको देखिन्छ ।’ 

चोरी भएपछि प्रहरी बिट देवीनगरमा रिपोर्ट गरिएको श्रेष्ठले बताए । चाडपर्वको समयमा चोरीका घटना शहरी क्षेत्रमा बढ्दै गएका छन् ।  स्थानीय लोकराज शर्माले सुरक्षाको सवालमा प्रहरी प्रशासनले कडाईका साथ चासो देखाउनुपर्ने बताए ।
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्