लुम्बिनी : बाढी प्रभावित किसानलाई क्षतिपूर्ति दिन माग

लुम्बिनी : बाढी प्रभावित किसानलाई क्षतिपूर्ति दिन माग

नेकपा एमाले लुम्बिनी संसदीय दलले बाढी प्रभावित किसानलाई क्षतिपूर्ति दिन माग गरेको छ । 


Advertisement

बुधवार पत्रकार सम्मेलन गर्दै अतिरिक्त स्रोत परिचालन गरेर भए पनि क्षतिपूर्ति दिन प्रदेश सरकारसँग एमालेले माग गरेको हो । 


Advertisement

लगातारकाे वर्षासँगैको बाढीले भित्र्याउन ठिक्क पारिएको धानबालीमा ठूलो क्षति गरेको छ । 

साथै एमालेले बाढीपहिरोले विभिन्न ठाउँमा भएका अवरोध खुलाउन र आवागमनमा सास्ती भोगिरहेका सर्वसाधारणलाई उद्धार गर्नसमेत ध्यानाकर्षण गराइएको छ । 


Advertisement

यस्तै एमालेले मोतिपुरमा अनाहकमा ४ जना निहत्था नागरिकको ज्यान गएको भन्दै गठबन्धन सरकारले भूमिहीन विपन्न जनताको चाहनाविरुद्ध आयोग खारेज गरेर समतामूलक समाजको निर्माणमा अवरोध सिर्जना गरेको आरोप पनि लगाएको छ । 

यस्तै वर्तमान सरकारले बजेट कार्यान्वयन गर्न नसक्ने लगभग सिद्ध भइसकेको एमालेको भनाइ छ । बजेट ढिला हुँदा यसको असर योजना कार्यान्वयनमा परेको भन्दै समयमै योजना सम्पन्न गर्न एमलेलेले प्रदेश सरकारलाई सचेतसमेत गराएको छ । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्