एमालेले बोलायो स्थायी कमिटीको बैठक, यी हुन् ५ एजेण्डा

एमालेले बोलायो स्थायी कमिटीको बैठक, यी हुन् ५ एजेण्डा

नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले बिहीवारका लागि स्थायी कमिटीको बैठक बोलाएको छ । कात्तिक ४ गते बिहीवार दिउँसो ३ बजेका लागि स्थायी कमिटीको बैठक बोलाइएको हो ।


Advertisement

तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा बस्ने बैठकका लागि पाँचवटा एजेण्डा तय भएका छन् । 


Advertisement

असोज १५–१७ मा सम्पन्न विधान महाधिवेशनको समीक्षा, कात्तिक ६ गते हुने वडा अधिवेशन, कात्तिक ९ गतेका लागि तय भएको पालिका अधिवेशन तथा मंसिरमा हुने राष्ट्रिय महाधिवेशनको विषय प्रवेश बैठकका एजेण्डा छन् । 

यस्तै हालै भएको अविरल वर्षाका कारण भएको धनजनको क्षतिलगायत समसामयिक विषयमा छलफल हुने एक नेताले जानकारी दिए । संसदमा जारी अवरोधको विषयमा पनि बैठकमा छलफल हुनेछ । 


Advertisement

माधव नेपाललगायत १४ सांसदलाई पदमुक्त गर्न गरिएको सिफारिस सभामुख अग्नि सापकोटाले कार्यान्वयन नगरेको भन्दै एमालेले भदौ २३ गतेदेखि संसदमा अवरोध गर्दै आएको छ । 

प्रतिनिधि सभाको बैठक कात्तिक ११ गतेका लागि बोलाइएको छ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्