सीता भण्डारी प्रकरण : ११ लाखको लेनदेन, डेढ महिनापछि भयो अन्त्येष्टि

सीता भण्डारी प्रकरण : ११ लाखको लेनदेन, डेढ महिनापछि भयो अन्त्येष्टि

रुपन्देहीको तिलोत्तमाकी सीता भण्डारी पौडेलको हत्या वा आत्महत्या भन्ने विषयको विवाद ११ लाखको लेनदेनमा सकिएको छ । 


Advertisement

गत भदौ २० गते बिहान मृत अवस्थामा फेला परेकी तिलोत्तमा नगरपालिका-५, मणिग्रामकी सीताको आत्महत्या या हत्या भन्ने विवाद लम्बिँदा डेढ महिनासम्म अन्त्येष्टि हुन सकेको थिएन ।


Advertisement

मृतक सीताका माइती पक्षले पौडेल परिवारबाट मंगलवार अपरान्ह ११ लाख रूपैयाँको चेक बुझेपछि अन्त्येष्टि गर्न सहमति दिएका थिए ।

अहिले तिलोत्तमा नगरपालिका र बुटवल नगरपालिकाको सीमा क्षेत्रमा रहेको मगरघाटमा माइती पक्ष समेतको सहभागितामा अन्त्येष्टि गरिएको प्रहरीले जनाएको छ ।


Advertisement

रुपन्देहीको तिलोत्तमा नगरपालिका-१७, गंगोलियामा रहेको मध्यस्थकर्ताको घरमा भएको लिखित सहमतिअनुसार मृतक सीताका ससुरा देवी पौडेलले सीताका भाइले भिनाजु (टिका पौडेल)लाई दिएको सापटी एक लाख रूपैयाँ र विवाह गर्दा लागेको खर्चबापतको १० लाख रूपैयाँको चेक दिएका थिए ।

मंगलवार गरिएको लिखित सहमतिमा भण्डारी परिवारले विवाह गर्दा लागेको खर्च बापतको १० लाख र सापटी दिएको एक लाख गरी ११ लाख रूपैयाँ बुझ्ने र आगामी दिनमा अदालती प्रक्रियामा कुनै हस्तक्षेप हुने गरी आन्दोलन नगर्ने सहमति गरिएको बताइएको छ ।

गत भदौ २० गते बिहान आफ्नै कोठामा झुण्डिएको अवस्थामा फेला परेकी भण्डारीको न्यायको लागि भन्दै 'जस्टिस फर सीता भण्डारी' भन्ने अभियान सञ्चालन गरिएको थियो ।

प्रहरीले सीता भण्डारीका श्रीमान टीका पौडेल, आमाजू र जेठाजुलाई जिल्ला अदालत रुपन्देहीले पुर्पक्षका लागि कारागार चलन गरेको छ ।  

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्