कोरोना अपडेट : थपिए ६६२ संक्रमित, १३ जनाको मृत्यु

कोरोना अपडेट : थपिए ६६२ संक्रमित, १३ जनाको मृत्यु

पछिल्लो २४ घन्टामा ६६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 


Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ४२६ नमूना परीक्षणमध्ये ५३५ पीसीआर र १२७ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो । 


Advertisement

यस्तै पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएसँगै कुल मृत्यु संख्या ११ हजार ३१८ पुगेको छ । 

मन्त्रालयका अनुसार थप ७५८ जना संक्रमणमुक्त भएका छन् । 


Advertisement

यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ७ लाख ८४ हजार १५५ पुगेको छ । 

हाल मुलुकभर ११ हजार ५७९ सक्रिय संक्रमित छन् ।
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्