अनिकालमा धानको बिउ कसरी जोगाउने ? यस्ता छन् विज्ञका ८ सुझाव

लखन चाैधरी
लखन चाैधरी

लखन चौधरी लोकान्तरका लागि सुदूरपश्चिम प्रदेश प्रतिनिधि हुन् । 

अनिकालमा धानको बिउ कसरी जोगाउने ? यस्ता छन् विज्ञका ८ सुझाव

कुबेलाको वर्षाका कारण अन्नदाता किसानका लागि चालू वर्ष अनिकालको रूपमा सावित हुने देखिएको छ ।


Advertisement

भित्र्याउन ठीक्क पारिएको धान सखाप पारेपछि प्रकोपले अनिकालकै रूप लिने सम्भावना देखिएको हो । असोज ३१ गतेदेखि कात्तिक २ गतेसम्मको बेमौसमी वर्षाले अन्न बाली डुबाएको थियो ।


Advertisement

नेपाली किसानको लागि फेरि पनि एकपल्ट ‘महामारीमा जिउ जोगाउनू, अनिकालमा बिउ जोगाउनू’ भन्ने भनाइ शिक्षाप्रद भएको छ ।

सो भनाइबाट शिक्षा लिनुपर्ने बताउँछन् सुदूरपश्चिम कृषि निर्देशक यज्ञराज जोशी । तर चालू वर्ष वर्षाको पानी तथा बाढीको पानीले डुबेको धानलाई बिउको रूपमा प्रयोग योग्य बनाउन किसानलाई कम चुनौती छैन । उनीहरू हरपल आकाशतिरै नजर लगाउँछन् । किनकि यो बेला भिजेको धान प्रयोगयोग्य बनाउन एक मात्रै अचुक विधि हो घाममा सुकाउनु ।


Advertisement

धान भिजिसकेपछि त्यसको गुणस्तर घट्ने बताउँदै निर्देशक जोशीले भिजेको धानको चामल टुट्ने, स्वाद नहुने हुँदा अहिलेदेखि नै धानको व्यवस्थापनमा विशेष सावधानी अपनाउनुपर्नेमा जोड दिए ।

उनी किसानलाई धान जोगाउन ८ वटा टिप्स अवलम्बन गर्न सुझाव दिन्छन् । निर्देशक जोशीले सुझाएका सुझाव यस्ता छन्ः–

१. सबैभन्दा पहिला खेतमा जमेको पानीलाई सम्भव भएसम्म निकास गर्ने ।

२. भिजेको धानलाई सुक्खा ठाउँमा लैजाने ।

३. धेरै तातो वा धेरै चिसो हुन नदिने, नत्र उम्रन सक्छ र बढी नोक्सान हुन जान्छ ।

४. सामान्य तापक्रम बनाइराख्नका लागि चलाइरहने ।

५. नकाटेको तर ढलेर डुबेको भए खेतबाट पानी तर्काउने । पानी तर्काउन ठाउँठाउँमा कुलेसो बनाउने र कुनै एक ठाउँमा खाडल खनी पानी जम्मा गराउने ।

६. मौसम सफा नहुँदासम्म धान नकाट्ने, काट्नै परे काट्दै झार्ने ।

७. क्षति भएका किसान एकजुट भई सम्बन्धित ठाउँमा जानकारी दिने र नियमित सम्पर्कमा रहने ।

८. बिउको लागि लगाइएको धान भिजेको छ भने राम्रोसँग सुकाएर बिउबिजन प्रयोगशाला सुन्दरपुरमा उमारशक्ति परीक्षणको लागि पठाई बिउको लागि योग्य छ/छैन यकिन गर्ने ।

यज्ञराज जोशी

खेतीपातीमा लामो अनुभव बटुलेका बुढापाकाहरूले यसपालि धान बालीलाई थे्रसिङ गरिसकेपछि भण्डारण गर्ने बेला विशेष सावधानी अपनाउन सुझाव दिएका छन् ।

कैलारी गाउँपालिका–६ बेनौलीका ६० वर्षीय तेजराम डंगौराथारुले भण्डारण गर्नुअघि कम्तिमा ३ घाम सुकाउनुपर्ने बताए ।

उनी भन्छन्, ‘यसपालि पानीले प्रभावित धानलाई घाममा राम्रोसँग सुकाउनुस्, ताकि मुठीमा लिएर माथिबाट जमिनमा खसाल्दा खनखन आवाज आओस् । नसुकेसम्म भण्डारण नगर्नुस् ।’

सुदूरपश्चिम प्रदेशमा कैलाली र कञ्चनपुर जिल्ला अन्न उत्पादनको भण्डार हो । यहाँ १ लाख ८१ हजार हेक्टर जमिनमा धानखेती हुन्छ ।

तेजराम डंगौराथारु

कैलाली–कञ्चनपुर जिल्लामा मात्रै ६५ प्रतिशत बढी धान खेती हुन्छ । कैलालीमा ७० हजार हेक्टर र कञ्चनपुर जिल्लामा ४८ हेक्टरमा धान खेती हुँदै आएको सुदूरपश्चिम कृषि निर्देशनालयले जनाएको छ ।

कैलाली–कञ्चनपुर जिल्लामा मात्रै वार्षिक ४० लाख मेट्रिक टन धान उत्पादन हुन्छ । असोज ३१ गतेदेखि कात्तिक २ गतेसम्म परेको परेको पानीले धानबालीमा अधिक क्षति भएको छ । दशैंयता ४० प्रतिशत धान भित्र्याउन बाँकी छ ।

लखन चाैधरी
लखन चाैधरी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्