एमाले कपुरकोटका सबै वडामा सर्वसहमत रुपमा नेतृत्व चयन (नामावलीसहित)

एमाले कपुरकोटका सबै वडामा सर्वसहमत रुपमा नेतृत्व चयन (नामावलीसहित)

सल्यानको कपुरकोट गाउँपालिकामा रहेका ६ वटै वडामा नेकपा एमालेको वडा अधिवेशन सम्पन्न भएकोे छ । अधिवेशनले सबै वडामा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरेको छ । सबै वडामा ३१ सदस्यीय वडा कमिटी निर्माण भएको एमाले कपुरकोटका अध्यक्ष घनश्याम शर्माले जनाए । कपुरकोट २ र ३ को वडा अधिवेशनको एमाले सल्यानका उपाध्यक्ष तथा कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले उद्घाटन गरेका थिए ।


Advertisement

कपुरकोट १ मा अध्यक्ष दिपेन्द्र बुढा, उपाध्यक्ष पुर्ण बहादुर रावत, सचिव धन बहादुर राना तथा उपसचिव बिरमती घर्ति र उजाराम बांठा रहेको वडा कमिटी गठन भएको एमाले कपुरकोटटले जनाएको छ ।


Advertisement

यस्तै वडा नं २ मा अध्यक्ष नवराज बुढा, उपाध्यक्ष तोफाराम डांगी, सचिव सन्तसिंह घर्ती तथा उपसचिवमा झग्गु सिरिस र भिम बहादुर नफेल चयन भएका छन् । साथै बिरसिंह बिकको संयोजकत्वमा ३५ सदस्यीय युवासंघ वडा कमिटी पनि निर्माण गरिएको एमाले कपुरकोटका सह संयोजक ओम बहादुर बुढाले जानकारी गराए ।

वडा नं ३ मा अध्यक्ष रुद्रबिर कवर, उपाध्यक्ष मेघ ब बांठा, सचिव अर्जुन डांगी, उपसचिव अन्जु साहु र खड्कसिंह खड्का रहेका छन् भने वडा नं ४ मा अध्यक्ष मित्र कठायत, उपाध्यक्ष रेशम चन्द, सचिव दिपक पुन तथा उपसचिव भुमिसरा बस्नेत र गोविन्द बुढा रहेका छन् ।


Advertisement

वडा नं ५ मा अध्यक्ष नन्दराम केसी, उपाध्यक्ष लालसिंह वलि, सचिव लोकेन्द्र पुन, उपसचिव रोहित महतारा र अमृत केसी तथा वडा नं ६ मा अध्यक्ष पुर्ण सिंह बोहरा, उपाध्यक्ष तिलक वली, सचिव कृष्ण खड्का तथा उपसचिव सन्ध्या महतारा र नन्दा महतारा रहेका छन् । साथै वडा नं ६मा उदिराम रोका संयोजक रहेको ५ सदस्यीय सल्लाहकार कमिटी पनि निर्माण भएको जनाइएको छ । जसको सदस्यहरुमा पदम खड्का, सिताराम बोहोरा, फौद बहादुर खड्का र रुपलाल बुढाथोकी रहेका छन् ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्