डेढ किलो चरेससहित एक जना पक्राउ

डेढ किलो चरेससहित एक जना पक्राउ

पोखरा महानगरपालिका-३२, मजुवा नाकाबाट डेढ किलो अवैध लागूऔषध चरेससहित एक जनालाई पक्राउ गरिएको छ । 


Advertisement

पक्राउ पर्नेमा धादिङ गजुरी गाउँपालिका-३, बालसिंह बस्ने १८ वर्षीय किशोर रहेका छन् । 


Advertisement

वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले बा २६ प ४९९९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकल चालक ती किशोरलाई उक्त परिमाणको चरेससहित फेला पारी पक्राउ गरेको हो । 

यसै गरी पोखरा महानगरपालिका-३० पावरहाउसस्थितबाट २ किलो अवैध लागूऔषध गाँजासहित रुपा गाउँपालिका-१, थुम्की बस्ने २५ वर्षीय किसान श्रेष्ठलाई आइतवार साँझ प्रहरीले पक्राउ गरेको छ ।


Advertisement

वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको प्रहरीले ग.१ ख ७४०१ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त परिमाणको गाँजासहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्