एसपी-सीडीओ जुवा प्रकरणः सर्लाहीका सीडीओ र सुरक्षा प्रमुख तानिए

एसपी-सीडीओ जुवा प्रकरणः सर्लाहीका सीडीओ र सुरक्षा प्रमुख तानिए

सार्वजनिकस्थलमा जुवा खेलेको प्रकरणमा सर्लाहीका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखलाई तानिएको छ । 


Advertisement

‘आइतवारको निर्णयले सर्लाहीका सीडीओ सरुवा गरिएको छ,’ गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताए ।


Advertisement

यस्तै प्रमुख जिल्ला अधिकारीसहितसँग बसेर जुवा खेल्ने जिल्ला प्रहरी कार्यालय सर्लाहीका (एसपी) सन्तोषसिंह राठौरको सोमवार काज सरुवा गरेको थियो । सशस्त्र प्रहरी १० नम्बर गणका प्रमुख प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठलाई समेत सशस्त्र प्रहरी प्रधान कार्यालय तानिएको छ ।

सर्लाहीको नयाँ सीडीओको रुपमा बाबुराम खतिवडालाई पठाइएको प्रवक्ता गृह प्रवक्ता पोखरेलले जानकारी दिए । 


Advertisement

यस्तै सशस्त्रका प्रमुखका रुपमा भरत खनियाँ र प्रहरी प्रमुखको रुपमा कृष्ण प्रसाईंलाई पठाइएको छ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्