आन्तरिक विवादले सर्वाेच्चको पूर्ण बैठक प्रभावित

आन्तरिक विवादले सर्वाेच्चको पूर्ण बैठक प्रभावित
प्रतिकात्मक तस्वीर

सर्वोच्च अदालतमा सोमवार बस्ने भनिएको प्रधानन्यायाधीशसहित न्यायाधीशहरूको पूर्ण बैठक (फूलकोर्ट) बस्न सकेन ।


Advertisement

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणासहित सर्वोच्च अदालतका सम्पूर्ण न्यायाधीशहरूको पूर्ण बैठक सोमवारका लागि बस्ने भनी प्रधानन्यायाधीश र नेपाल बार एसोसिशनबीच आइतवारको भेटमा तय भएको थियो । न्यायाधीशहरू बैठकमा उपस्थित नभएपछि बैठक बस्न नकसेको हो ।


Advertisement

सोमवार प्रधानन्यायाधीशले तोकेको इजलासमा सुनुवाइ पनि हुन सकेन । न्यायाधीशहरू छुट्टै छलफलमा भएका कारण इजलासमा सुनुवाइ हुन नसकेको हो । 

न्यायाधीशहरूबीच मंगलवार प्रधानन्यायाधीश राणालाई भेटी ध्यानाकर्षण गराउने विषयमा छलफल भएको छ ।
 


Advertisement

कमेन्ट गर्नुहोस्