फिदिम दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो

फिदिम दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो

पाँचथरको फिदिम नगरपालिका–४ मा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ४ पुगेको छ । दुर्घटनामा बसका चालकसहित ६१ जना घाइते भएका थिए । 


Advertisement

प्रहरी अनुसार पाँचथरबाट झापा आउँदै गरेको को१ख ३८६५ नम्बरको यात्रुबाहक बस फिदिम नगरपालिका–५ मा दुर्घटना भएको थियो । 


Advertisement

दुर्घटनामा मोरङको लेटाङ नगरपालिका–६ का ७ वर्षीय प्रज्वल मगर, इलामकी ३४ वर्षीया प्रमिला देवान, उनकै ७ महिने छोरा निश्चल देवान तथा पाँचथरकी आशिका बुढाथोकी मगरको मृत्यु भएको पाँचथर प्रहरीले जनाएको छ । 

दुर्घटना गम्भीर घाइते भएका ११ जनालाई उपचारका लागि झापा पठाइएको छ । बाँकीको पाँचथरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्