१ नम्बर प्रदेशमा थप १४७ जनामा कोरोना संक्रमण पुष्टि

१ नम्बर प्रदेशमा थप १४७ जनामा कोरोना संक्रमण पुष्टि
प्रतिकात्मक तस्वीर

पछिल्लो २४ घण्टाको अवधिमा १ नम्बर प्रदेशमा थप १४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 


Advertisement

९६८ जनाको पीसीआर परीक्षण गर्दा १२५ तथा १३५ जनाको एन्टिजेन परीक्षण गर्दा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


Advertisement

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका क्रममा मोरङमा ५७, झापामा ५२, सुनसरीमा १० तथा खोटाङ, उदयपुर, पाँचथर र ताप्लेजुङमा १/१ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रदेशमा पछिल्लो समय २० महिलासहित ४३ जना संक्रमणमुक्त भएका छन् । कोरोनाबाट सो अवधिमा कसैको पनि ज्यान नगएको मन्त्रालयले जनाएको छ ।


Advertisement

कमेन्ट गर्नुहोस्