वायु सेवा निगमको अध्यक्षमा अधिकारी नियुक्त, यी हुन् मन्त्रिपरिषद्का ५ निर्णय

वायु सेवा निगमको अध्यक्षमा अधिकारी नियुक्त, यी हुन् मन्त्रिपरिषद्का ५ निर्णय
फाइल फोटो

सरकारले नेपाल वायु सेवा निगमका अध्यक्ष सुशील घिमिरेले दिएको राजीनामा स्वीकृत गरेको छ ।


Advertisement

सोमवार बसेको मन्त्रिपरिषद् बैठकले निगमको कार्यकारी अध्यक्षमा युवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
 
सरकारले नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा डा. रवीन्द्र घिमिरे र सदस्यमा मदन पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको प्रवक्ता कार्कीले बताए ।


Advertisement

बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको रासन दररेटमा १५ प्रतिशतले वृद्धि गरेको छ । बैठकले कोडिभ–१९ को महामारीबाट प्रभावित अतिविपन्न परिवारलाई नगद हस्तान्तरण कार्यविधि २०७८ स्वीकृत गरेको छ ।

सरकारले बेमौसमी वर्षाका कारण आएको बाढी तथा डुबानबाट धानबालीमा भएको क्षतिको अध्ययन गर्न कार्यदल गठन गरेको छ । बैठकले गृह मन्त्रालयको सचिवको संयोजकत्वमा कार्यदल गठन गरेको प्रवक्ता कार्कीले बताए ।


Advertisement

कार्यदलमा कृषि तथा पशुपक्षी विकास, अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव र राष्ट्रिय योजना आयोगका सचिव सदस्य रहेका छन् ।

कार्यदललाई ३ दिनभित्र प्रतिवेदन पेश गर्न कार्यादेश दिइएको छ । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्