च्यासलमा थप दुई विदेशी खेलाडी अनुबन्ध

च्यासलमा थप दुई विदेशी खेलाडी अनुबन्ध

सहिद स्मारक ए डिभिजन लिग क्लब च्यासल युथ क्लबले आज आसन्न ए डिभिजन लिगका लागि दुई विदेशी खेलाडी अनुबन्ध गरेको छ । राजधानीमा आज च्यासल युथ क्लबले एक कार्यक्रमको आयोजना गरेर क्यामरुनका २२ वर्षिय कित्वा यानिक र २५ वर्षिय मोउसा अबागानालाई अनुबन्ध गरेको हो ।


Advertisement

च्यासलले क्यामरुनी खेलाडीद्धयलाई एक÷एक वर्षका लागि अनुबन्धन गरेको हो । पहिलो संस्करणको नेपाल सुपर लिगमा पोखरा थन्डर्सबाट खेलेका दुबैले उत्कृष्ट प्रदर्शन गरेकाले उनीहरुलाई अनुबन्ध गरिएको च्यासलका अध्यक्ष रमेश ब्यञ्जनकारले बताए । यस अघि च्यासलले नेपाली मुलका इटालियन खेलाडी विकास मेराग्लियालाई अनुबन्धन गर्दै चर्चा लिइसकेको छ ।


Advertisement

सहिद स्मारक ‘ए’ डिभिजन फुटबल लिग नजिकिदै गर्दा क्लबहरुले खेलाडीहरुलाई अनुबन्ध हुने प्रक्रिया तीब्र गतिमा अगाडि बढेको छ । ‘ए’ डिभिजन लिग कात्तिक २९ गतेबाट सुरु हुँदैछ ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्