बाढी पीडितलाई एनआरएनको सहयोग

बाढी पीडितलाई एनआरएनको सहयोग


गैरआवासीय नेपाली सङ्घ (एनआरएन)ले कञ्चनपुरको भीमदत्त नगरपालिका–१३ का ७५ बाढी पीडित परिवारलाई सहयोग गरेको छ । एनआरएनले पीडितलाई आज राहत उपलब्ध गराएको हो ।


Advertisement

कञ्चनपुरका बाढी पीडितलाई एनआरएनका अध्यक्ष भुवन पन्त आफै आएर सहयोग गरेका हुन् । “वडा नं. १३ का ७५ बाढी पीडित परिवारलाई राहत उपलब्ध गराएका छौँ”, स्थानीयस्तरमा समन्वय गरिरहेका कञ्चनपुर उद्योग वाणिज्य सङ्घका पूर्वउपाध्यक्ष माधवप्रसाद जोशीले भने, “दोधारा चादँनी र भीमदत्तको तटीय क्षेत्रमा मङ्गलबार राहत वितरण गर्दैछौँ ।”


Advertisement

एनआरएनका राहत वितरण संयोजक मनोज गोर्खालीले पहिलो चरणमा रु ८० लाख बराबरको राहत प्याकेज वितरण गरिरहेको जानकारी दिए ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्