मोरङमा ९४ तोला चाँदीसहित एकजना पक्राउ

मोरङमा ९४ तोला चाँदीसहित एकजना पक्राउ

मोरङको  रतुवामाई नगरपालिका–३ छालगाछीबाट ९४ तोला चाँदीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।    


Advertisement

पक्राउ पर्नेमा सोही स्थानका ३० वर्षीय धर्वेन्द्र शर्मा रहेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ । 


Advertisement

महादेवाबाट खटिएको प्रहरी टोलीले बिल नभएको चाँदीको तार बनाइ ल्याइरहेको अवस्थामा शर्मालाई पक्राउ गरेको हो । 

चाँदीसहित आवश्यक कारवाहीका लागि उनलाई भन्सार कार्यालय विराटनगर पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्