गाउँ फर्किनेलाई १ लाख रुपैयाँ दिने निर्णय

गाउँ फर्किनेलाई १ लाख रुपैयाँ दिने निर्णय

बसाई  सरेर सदरमुकाम  दमौली  तथा  ठूला  सहरहरू पोखरा,   चितवन,   काठमाडौँमा   पुगेका गाउँवासीलाई   फर्काउन   तनहुँको   एक गाउँपालिकाले  अभियान  नै  सञ्चालन गरेको छ। ऋषिङ गाउँपालिकाले अभियान सञ्चालन   गरेको   हो।   अभियानलाई सफल  बनाउनका  लागि  गाउँपलिकाले गाउँ फर्कने  व्यक्तिलाई एक लाख रुपियाँ अनुदान दिने निर्णयसमेत गरेको छ।


Advertisement

गाउँमा फर्केर बसोबास गर्न चाहनेका लागि जग्गा उपलब्ध गराउन कार्यपालिकाले सो रकम दिन निर्णय गरिएको गाउँपालिकाले जनाएको  छ।  बसाइँसराइका  कारण  गाउँ शून्य  नहोस्  भन्नका  लागि  र  सुविधाको खोजी  गर्दै  सहर  झरेकालाई  गाउँमै  बसौँ बसौँ बनाउन त्यस्तो निर्णय गरिएको ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताए । गोरखापत्रमा खबर छ ।


Advertisement

 


Advertisement

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्