मट्टितेल खनाएर आफ्नै श्रीमतीलाई आगो लगाएपछि...

मट्टितेल खनाएर आफ्नै श्रीमतीलाई आगो लगाएपछि...
सांकेतिक तस्वीर।

ललितपुर गोदावरीमा एक व्यक्तिले आफ्नै श्रीमतीलाई मट्टितेल खनाएर आगो लगाएका छन् । गोदावरी नगरपालिका–१३ का राजेश देसार आफ्नै श्रीमती मुनालाई आगो लगाएको प्रहरीले जनाएको छ । 


Advertisement

महिलाको कीर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको छ । महिलाको शरीरमा ४० प्रतिशतभन्दा बढी भाग जलेको बताइएको छ । राजेशलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । 


Advertisement

घटना बिहान ४ बजे भएको र प्रहरीलाई १० बजे मात्रै खबर भएको ललितपुर प्रहरी परिसरका एसपी प्रज्वल महर्जनले जानकारी दिए । उनका अनुसार दुवैजना इँटाभट्टामा काम गर्थे । 'मदिरा सेवन गरेर झगडा हुँदा राजेशले मुनामाथि मट्टीतेल खनाएर आगो लगाएको भन्ने छ,' उनले भने, 'थप अनुसन्धान भइरहेको छ ।'


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्