मन्त्रीको गाडीद्वारा मोटरसाइकललाई ठक्कर, मन्त्री फरार !

मन्त्रीको गाडीद्वारा मोटरसाइकललाई ठक्कर, मन्त्री फरार !

लुम्बिनी प्रदेश सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अजय शाही चढेको गाडीले बिहीवार मोटरसाइकललाई ठक्कर दिएको छ ।


Advertisement

मन्त्री शाही चढेको भे१झ ३३१ नम्बरको गाडीले लु७८प ५६६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । 


Advertisement

बिहीवार दिउँसो ४ बजे बुटवलबाट भैरहवातर्फ जाँदै गर्दा रुपन्देहीको तिलोत्तमा–३ शंकरनगरमा बुटवल उपमहानगरपालिका–१२ तामनगर निवासी २० वर्षीय मिगिन मगरको मोटरसाइकललाई ठक्कर दिएको छ ।

दुर्घटनालगत्तै मन्त्री शाही अर्को गाडीमा चढेर फरार भएका स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । 


Advertisement

घाइते मिगिन मगरलाई आफन्तले उपचारका लागि अस्पताल पुर्‍याएका छन् । घटना भएको केही समयपछि मात्रै ट्राफिक प्रहरी घटनास्थल पुगेको थियो ।

ईलाका प्रहरी कार्यालय बुटवलमा डीएसपी पंकज चुदालीले घाइतेको क्रिमसन अस्पताल तिलोत्तमामा उपचार भइरहेको बताए । घाइतेको अवस्था सामान्य रहेको र ठक्कर दिने गाडी प्रहरीको नियन्त्रणमा रहेको चुदालीले जानकारी दिए । 
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्