कांग्रेस महाधिवेशन सर्‍यो, नयाँ कार्यतालिका सार्वजनिक

कांग्रेस महाधिवेशन सर्‍यो, नयाँ कार्यतालिका सार्वजनिक

नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनको कार्यतालिका परिवर्तन भएको छ ।


Advertisement

निर्वाचन समितिले एक सूचना जारी गर्दै नयाँ कार्यतालिका सार्वजनिक गरेको छ ।


Advertisement

नयाँ कार्यतालिकाअनुसार वडा अधिवेशन बाँकी रहेका जिल्लामा कात्तिक २७ गते वडा अधिवेशन हुनेछन् भने ३० गते पालिका अधिवेशनको मिति तोकिएको छ ।

नयाँ कार्यतालिकामा प्रदेशसभा क्षेत्रीय अधिवेशन मंसिर ३ गते र प्रतिनिधिसभा क्षेत्रको मंसिर ६ गते तोकिएको छ ।


Advertisement

जिल्ला अधिवेशन मंसिर १० गतेका लागि तोकिएको कार्यतालिकामा उल्लेख छ ।

प्रदेश अधिवेशन मंसिर १६–१७ गते र केन्द्रीय महाधिवेशन मंसिर २४–२६ गतेसम्म निर्धारण गरिएको छ ।

यस्तो छ नयाँ कार्यतालिका –

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्