मोडेल सारासंग रोमान्टिक मुडमा भेटिए आयुष (भिडियो)

मोडेल सारासंग रोमान्टिक मुडमा भेटिए आयुष (भिडियो)

युवागायक आयुष अर्यालले नयाँ सांगीतिक कोसेली 'नतड्पाउन' को म्युजिक  भिडियो सार्वजनिक गरेका छन् । गायिका एलिना चौहान र आयुषको युगल स्वरमा रहेको गीत गीत अलेक लामा र आयुष अर्यालको शब्दरचना , राहुल प्रधानको संगीत तथा एरेन्ज रहेको छ ।


Advertisement

 रोमान्टिक शैलीको गीतको भिडियोमा मोडेल सारा लोहोरुङ्ग राई र स्वयम् गायक आयुष फिचर्ड छन् । जनकदीप पराजुलीले निर्देशन गरेको भिडियोमा हरि हुमागाईंको छायाँकन र विकाश धमलाको सम्पादन रहेको छ। भिडियोलाइ ओएसआर डिजिटल मार्फत शुक्रबार सार्वजनिक गरिएको छ।
 
गायक आयुष १ बर्ष अघि 'तिम्रो मायाले' गीत मार्फत नेपाली सांगीतिक छेत्रमा प्रवेश गरेका थिए । उनको पहिलो कोसेलीलाई पनि दर्शकबाट राम्रो प्रतिक्रिया पाएका थिए ।


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्