एसियन यू-१४ र्‍याङकिङ टेनिस प्रतियोगितामा प्रशंसा र सुनिरालाई स्वर्ण

एसियन यू-१४ र्‍याङकिङ टेनिस प्रतियोगितामा प्रशंसा र सुनिरालाई स्वर्ण

नेपालका प्रशंसा मोक्तान र सुनिरा थापाको जोडीले काठमाडौं/एसियन यू–१४ र्‍याङकिङ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट–२ को गर्ल्स डबल्समा बुधवार स्वर्ण जितेका छन् ।


Advertisement

सादोबाटोस्थित टेनिस कोर्टमा भएको फाइनलमा प्रशंसा र सुनिराको जोडीले नेपालका समृद्धि महर्जन र आध्या पौडेलको जोडीलाई ६–४ र ६–३ को सोझो सेटमा पराजित गरे । प्रशंसा र सुनिराको जोडी सर्किट–१ को पनि विजेता हुन् ।


Advertisement

उक्त स्पर्धाको ब्वाइजमा नेपालका सक्षमविक्रम शाह र दर्शिल श्रेष्ठको जोडी च्याम्पियन बने । सक्षम र दर्शिलको जोडीले नेपालका श्रीयोग अधिकारी र भारतका सिद्धार्थ जिबुको जोडीलाई ६–२ र ६–२ को सीधा सेटमा  हराए । सक्षमले पनि सर्किट–१ को डबल्समा स्वर्ण जितेका थिए । त्यसबेला सक्षमले नेपालका आयुशमान हजुर घलेसँग मिलेर खेलेका थिए ।

ब्वाइज सिंगल्समा नेपालका सक्षमविक्रम शाहले पाकिस्तानका अमिर मुहम्मद खान मजारीलाई ६–३ र ६–१ तथा नेपालका दर्शिल श्रेष्ठले भारतका सिद्धार्थ जिबुलाई ६–१ र ६–१ को सोझो सेटमा पाखा लगाउँदै फाइनलमा पुगे । 


Advertisement

त्यसै स्पर्धाको गर्ल्समा नेपालकी सुनिरा थापाले नेपालकी आध्या पौडेललाई ६–३ र ७–५ तथा नेपालकी प्रशंसा मोक्तानले अमेरिकाकी नाला जोस्फिन मास्केलाई ६–१ र ६–० को सीधा सेटमा पन्छ्याउँदै फाइनल भिडन्त पक्का गरे । सिंगल्स फाइनल बिहीवार हुनेछ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्