राष्ट्रिय भूमि आयोगका अध्यक्ष निरौलाले हारे महाधिवेशन प्रतिनिधिको चुनाव

राष्ट्रिय भूमि आयोगका अध्यक्ष निरौलाले हारे महाधिवेशन प्रतिनिधिको चुनाव

राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशब निरौला कांग्रेस महाधिवेशन प्रतिनिधिको चुनाव हारेका छन् ।


Advertisement

१४ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत कात्तिक ७ गते भएको चुनावको मत परिणाम अनुसार उनले २०९ मत मात्रै प्राप्त गरे । 


Advertisement

यस्तै प्रदेश १ का सांसद शेखर चन्द्र थापा पनि महाधिवेशन प्रतिनिधिमै हारेका छन् । 

थापाले २१२ मत मात्रै प्राप्त गरेका छन् । गठबन्धन सरकार बनेपछि केन्द्रमा सरकारलाई सहयोग गर्न रामचन्द्र पौडेलको संयोजकत्वमा राजनितिक संयन्त्र बने जस्तै प्रदेश १ मा पनि राजिव कोइरालाको नेतृत्वमा राजनितिक संयन्त्र गठन गरिएको थियो । 


Advertisement

थापाको नेतृत्वमा भने न्युनतम साँझ कार्यक्रम तयारी समिति गठन गरिएको थियो । कांग्रेस जिल्ला कोषाध्यक्ष गोपाल थापाले पनि हार व्यहोरेका छन् । उनले २ सय ७ मत मात्रै प्राप्त गरेका छन् । जित्ने उमेदवारहरूले भने २ सय ५० मत भन्दा माथि ल्याएका छन् ।

नोवेल मेडिकल कलेजका संचालक समेत रहेका डा.सुनिल शर्माको क्षेत्र रहेको सो क्षेत्रमा संस्थापन इतर समुहका उमेदवार मात्रै निर्वाचित भएका छन् । 

मोरङ क्षेत्र नम्बर ६ मा प्रदेश सांसद बिन्दया कार्कीले पनि हार ब्यहोरेकी छिन् । राष्ट्रियसभाका सदस्य रमेश जंग रायमाझीले भने चुनाव जीतेका छन् ।

प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले भने महाधिवेशन प्रतिनिधि जितेका छन् । 
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्