अमेरिकाको सामना गर्न रुस र चीनले सैन्य सम्बन्ध प्रगाढ बनाउने (भिडियो)

अमेरिकाको सामना गर्न रुस र चीनले सैन्य सम्बन्ध प्रगाढ बनाउने (भिडियो)

अमेरिकाबाट जोखिम बढिरहेको भन्दै रुस र चीनले आफूहरूबीचको सैन्य सम्बन्ध प्रगाढ बनाउने नयाँ सहमति गरेका छन् । 


Advertisement

रुसका रक्षामन्त्री सर्गे शोइगुले चिनियाँ समकक्षी वे फङ्हसँगको फोनवार्तापछि नयाँ सम्झौताको घोषणा गरेका हुन् । यो सम्झौता सन् २०२५ सम्म कायम रहनेछ । 


Advertisement

दुई देशका सेनाले हालै आणविक बमवर्षक विमान तथा युद्धपोतहरूको संयुक्त अभ्यास गरेको विषयलाई पनि रक्षामन्त्रीहरूले प्रशंसा गरे । यस्ता अभ्यास भविष्यमा पनि गरिने उनीहरूको भनाइ छ । 

अमेरिकाका आणविक बमवर्षक विमानहरूको अभ्यासलाई सन्तुलनमा राख्नका लागि शक्तिप्रदर्शन आवश्यक रहेको उनीहरूको भनाइ छ । 


Advertisement

संसारभरि सैन्य तनाव बढिरहेको बेलामा यो अभ्यास भएको हो । पश्चिममा युक्रेन र बेलारुस तथा पूर्वमा ताइवान र दक्षिण चीन सागरमा फ्ल्याशपोइन्ट बनेका छन् । 

रुसले कृष्णसागरमा जलसेना तथा वायुसेनाका अभ्यासहरू गरेको घोषणा गरेको छ । अभ्यासमा १० वटा विमान र केही जहाजहरू सहभागी गराइएको इन्टरफ्याक्स न्युज एजेन्सीले खबर दिएको छ । 

युक्रेनले पनि रुसको सीमानजिक अभ्यास गरेको छ । एन्टी–ट्यांक र एयरबोर्न युनिटहरूले अभ्यास गरेका हुन् । 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्