करिश्मा कपूरले खोलिन् आफ्नो दुःखी विवाहका सबै रहस्य, पतिले दिन्थे यातना

करिश्मा कपूरले खोलिन् आफ्नो दुःखी विवाहका सबै रहस्य, पतिले दिन्थे यातना

सन् १९९० को दशककी लोकप्रिय नायिका करिश्मा कपूरले विवाहपछि पाएको दुःखका विषयमा रहस्य खोलेकी छन् । 


Advertisement

एक मनोरञ्जन वेबसाइटसँग कुराकानी गर्दै उनले विवाहलगत्तै पति सञ्जय कपूर र सासुले यातना दिने गरेको बताइन् ।


Advertisement

विवाहपछि आफ्नो जीवन पूरै बदलिएको उनको भनाइ छ । हनीमूनकै बेलामा पनि आफूलाई पतिले लिलाम बढाबढ गरेर भाडामा दिएको उनले दाबी गरिन् । 

हनीमून मनाउन गएको बेलामा करिश्मालाई पति सञ्जयले आफ्ना साथीहरूसँग सुत्न बाध्य बनाएका थिए । उनले त्यसो गर्न नमान्दा सञ्जयले कुटपिट गरेको र एकजना साथीलाई लिलाम बढाबढ गरी पैसा लिएर सुत्न पठाएको दाबी पनि करिश्माले गरिन् । 


Advertisement

विवाहपछि पनि सञ्जयले पहिली पत्नीसँग शारीरिक सम्बन्ध कायम गरेको करिश्माले खुलासा गरिन् । यसको बारेमा सञ्जयलाई सोध्दा माफी माग्नुको साटो उल्टो कुटपिट गरेको करिश्मा बताउँछिन् । 

सन् २०१२ मा आएर करिश्मा आफ्ना बच्चाहरूलाई लिएर बेग्लै बस्न थालिन् । त्यसपछि उनले सञ्जयसँगको १३ वर्षे सम्बन्ध अन्त्य गर्नका लागि डिभोर्स फाइल गरिन् । 

सञ्जयसँग डिभोर्स गरेपछि करिश्मा मुम्बईमा आमाबुवासँग बस्न थालिन् । अहिले उनी दुई सन्तान सम्हालेर खुलेर जिन्दगी बाँचिरहेकी छन् । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्