राजेन्द्र लिङ्देन–धवल शमशेर प्यानललाई नायिका रेखा थापाको समर्थन

राजेन्द्र लिङ्देन–धवल शमशेर प्यानललाई नायिका रेखा थापाको समर्थन

पूर्वपञ्चहरूको पार्टी राप्रपाकी सदस्य समेत रहेकी नायिका रेखा थापाले राजेन्द्र लिङ्देन–डा धवल शमशेर राणाको प्यानललाई समर्थन गर्ने भएकी छिन् ।


Advertisement

बिहीवार राजेन्द्र लिङ्देनले राप्रपा अध्यक्षमा उम्मेदवारी घोषणा गर्ने कार्यक्रममा रेखा थापा उपस्थित थिइन् ।


Advertisement

मंसिर १५ देखि १७ गतेसम्म हुने महाधिवेशनका लागि लिङ्देनले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् ।

कार्यक्रममा सहभागी थापाले नयाँ प्यानललाई आफ्नो समर्थन रहेको बताएकी थिइन् ।


Advertisement

राप्रपाको नेतृत्वका लागि कमल थापा र डा प्रकाशचन्द्र लोहनीले पनि उम्मेदवारी दिने तयारी गरेको राप्रपा स्रोतले बतायो ।
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्