नेपालगञ्ज विमानस्थलमा अवतरणका क्रममा स्यालसँग ठोक्किँदा जहाजमा सामान्य क्षति भयो : बुद्ध एयर

नेपालगञ्ज विमानस्थलमा अवतरणका क्रममा स्यालसँग ठोक्किँदा जहाजमा सामान्य क्षति भयो : बुद्ध एयर

बुद्ध एयरले बुधवार काठमाडौंबाट नेपालगञ्ज उडान गरेको जहाज अवतरणका क्रममा स्यालसँग ठोक्किँदा जहाजमा सामान्य क्षति पुगेको जनाएको छ ।


Advertisement

बिहीवार एक विज्ञप्ति जारी गर्दै बुद्ध एयरले घटनामा जहाजमा सामान्य क्षति पुगेको र चालक दलसहित सबै यात्रुहरू सुरक्षित रहेको जनाएको छ । 


Advertisement

बुद्ध एयरले भनेको छ, 'नेपालगञ्जमा रहेका यात्रुहरुलाई लिनका लागि काठमाडौंबाट छुट्टै खाली जहाज पठाएका थियौं ।

नेपालगञ्ज विमानस्थलमा यस किसिमको दुर्घटना पहिला पनि भएको र हाल बारम्बार देखिएको हुँदा सम्बन्धित सबै निकायहरुको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छौं । भविष्यमा यस किसिमको दुर्घटना दोहरिन नदिन सबै उपायहरु अवलम्वनका लागि पनि अनुरोध गर्दछौं ।'


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्