प्राकृतिक प्रकोप प्रभावित बस्तीलाई स्थानान्तरण गर्न काम गरिरहेका छौं– मन्त्री झाँक्री

प्राकृतिक प्रकोप प्रभावित बस्तीलाई स्थानान्तरण गर्न काम गरिरहेका छौं– मन्त्री झाँक्री
फाइल फोटो

शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले प्राकृतिक प्रकोप र मानव सृजित समस्याले जोखिममा रहेका बस्ती तथा जनतालाई उचित बासस्थान दिन नेपाल सरकारले काम गरिरहेको बताएकी छन् ।


Advertisement

उनले योजनाबद्ध विकास गरी अति विपन्न दलित, अल्पसंख्यक र सीमान्तकृत समुदायलाई नेपालको संविधानमा व्यवस्था भएबमोजिम आवासको हक सुनिश्चित गर्ने उद्देश्यले विभिन्न जिल्लाहरूमा एकीकृत बस्ती विकास कार्यक्रमहरू अगाडि सारिएको बताइन् ।


Advertisement

बिहीवारबाट ललितपुरमा शुरू भएको आवास तथा बस्तीसम्बन्धी गोष्ठीको उद्घाटन गर्दै मन्त्री झाँक्रीले नेपाल सरकारको १५ औं योजनामा प्राकृतिक प्रकोप र मानव सृजित समस्याले जोखिममा रहेका बस्ती तथा जनतालाई उचित बासस्थान दिने कार्यक्रम बनाएको बताइन् ।

राष्ट्रिय योजना आयोगले तयार गरेको १५ औं योजनामा नेपालको दिगो विकासको लक्ष्यहरू र नेपालको अन्तर्राष्ट्रिय फोरममा नेपालले गरेका प्रतिबद्धताहरू पूरा गर्नका लागि व्यवस्थित नयाँ शहरको निर्माण गर्ने योजना सरकारको रहेको उनले बताइन् । चालू आर्थिक वर्षका कार्यक्रमहरूमा पनि व्यवस्थित र समावेशी शहर, उत्थानशील समुदाय निर्माणका लागि विभिन्न आयोजनाहरू रहेको उनको भनाइ थियो ।


Advertisement

मन्त्री झाँक्रीले भनिन्, ‘योजनावद्ध विकास गरी अति विपन्न दलित, अल्पसंख्यक र सीमान्तकृत समुदायलाई नेपालको संविधानमा व्यवस्था भए बमोजिम आवासको हक सुनिश्चित गर्ने उद्देश्यले विभिन्न जिल्लाहरूमा एकीकृत बस्ती विकास कार्यक्रमहरू अगाडि सारिएको छ । राष्ट्रिय योजना आयोगबाट तयार भएको १५ औं योजनामा परिकल्पना गरिएको वर्तमान अवस्था र भावी मार्गचित्र नेपालको दिगो विकासको लक्ष्यहरूका साथै नेपालको अन्तर्राष्ट्रिय फोरममा गरेका प्रतिबद्धताहरू पूरा गर्नका लागि व्यवस्थित नयाँ शहरको निर्माण गर्दै समावेशी शहर, उत्थानशील समुदाय निर्माणका लागि विभिन्न आयोजनाहरू कार्यान्वयन भएका छन् ।’

कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नेपालमा अब प्राकृतिक प्रकोप र मानव सृजित समस्याले मानव बस्तीहरू जोखिममा पर्ने सम्भावना कम हुँदै गएको बताए ।

भूकम्पपछिको पुनःनिर्माणमा निजी घरहरूको पुनःनिर्माण लगभग सकिएको उनको भनाइ थियो । पुनःनिर्माणपछि जनताको आवास सुरक्षित र व्यवस्थित बनेको बताए ।

गोष्ठीमा आवास तथा बस्तीसँग सम्बन्धित राम्रा अभ्यास, सिकाइ तथा चुनौति एवं नेपालले कार्यान्वयन गरेका कार्यहरूको बारेमा छलफल हुनेछ । सम्मेलनले दीर्घकालीन पुनर्लाभसम्बन्धी छलफल गरिनेछ ।  सम्मेलनमा एशिया प्रशान्त क्षेत्रमा अवस्थित आवास सम्बन्धी कार्य गर्ने अध्येता एवं संघ संस्थालाई एकै ठाउँमा ल्याएर बलियो सञ्जाल स्थापना गर्ने लक्ष्य राखेको छ । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्