महाधिवेशनका लागि चितवन पुगे एमाले अध्यक्ष ओली

महाधिवेशनका लागि चितवन पुगे एमाले अध्यक्ष ओली
फाइल तस्वीर

पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चितवन पुगेका छन् ।


Advertisement

शुक्रवार शुरू हुने पार्टीको दशौं महाधिवेशनमा सहभागी हुन ओली बिहीवार दिउँसो चितवन पुगेका हुन् ।


Advertisement

ओलीले आजै महाधिवेशन स्थलको निरीक्षण गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

दशौं महाधिवेशन शुक्रवार दिउसो नारायणी किनारमा उद्घाटन गरिँदैछ ।


Advertisement

अध्यक्ष ओलीले महाधिवेशनको उद्घाटन गर्नेछन् ।

बन्दसत्र भने शनिवारदेखि सौराहामा हुनेछ । महाधिवेशनको तयारी सम्बन्धमा एमाले केन्द्रीय कमिटीको बैठक पनि आजै बस्दैछ ।

ओली लगायत एमालेका अधिकांश नेताहरु बिहीवार नै चितवन पुग्दैछन् । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्