×
Bajaj Top
Khukuri
Dataz
FONEPAY

यी क्षेत्रमा बदली र हिमपातको सम्भावना, कस्तो छ आगामी ३ दिनको मौसम ?

काठमाडाैं | मंसिर १२, २०७८

NTC
TVS INSIDE

मौसम पूर्वानुमान महाशाखाले प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका १ वा २ स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ ।

Sanima Bank
morang Auto yamaha

महाशाखाले देशभर चिसो बढ्ने क्रममा समेत रहने देखिएकाले आवश्यक सतर्कता अपनाउनु हुन समेत अनुरोध गरेको छ ।


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

आइतवार बिहान मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै महाशाखाले देशका पहाडी भू–भागहरूमा आंशिक बदली रहेको छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ ।

आइतवार दिउँसो देशका पहाडी भू–भागहरूमा  आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागहरूका १–२ स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

आइतवार राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली भू–भागका १ वा २ स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाइएको छ ।

यस्तो छ आगामी ३ दिनको मौसमी पूर्वानुमान –

मौसम विश्लेषण (Meteorological Analysis)

नेपालको पूर्वी भू-भागमा ब़ंगलादेशको आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।

हाल मौसमको अवस्था (Present Weather Status)

देशका पहाडी भू-भागहरुमा आन्शिक बदली रहेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ मंसिर १२ गते (आईतबार) 

दिउँसो : देशका पहाडी भू-भागहरुमा  आँशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागहरुका एक-दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती :  देशको पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भू-भागको एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

२०७८ मंसिर १३ गते (सोमबार) 

दिउँसो : प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको  पहाडी भू-भागहरुमा  आँशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।प्रदेश नं १, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती :  देशको पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ गण्डकी प्रदेशको उच्च हिमाली भू-भागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

२०७८ मंसिर १४ गते (मंगलबार) 

दिउँसो : देशका अधिकांश भू-भागहरुमा आँशिक बदली रहने । गण्डकी प्रदेशको एक-दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

राती :  सुदूर पश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा सामान्य बदली तथा बाँकी भू-भागमा आन्शिक बदली  रहने छ ।सुदूर पश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आगामी  २४  घण्टाका  लागि  चेतावनी  तथा  परामर्श (Warning/Advisory for next 24 hours)

प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागहरुका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको र  देशभर चिसो वढ्ने क्रममा समेत रहने देखिएकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ १०, २०७८

काठमाडौं तारकेश्वर नगरपालिका-६ लोलाङ हाइटस्थित पोलहरुमा राखिँदै गरेको टेलिकमको तार चोरी गरेको आरोपमा पाँच जनालाई शनिवार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरुमा काठमाडौं गैरीधारा डेरा ...

माघ १०, २०७८

मोरङ, रतुवामाई नगरपालिका-८ डाँडागाउँमा एक जना अवैध लागूऔषध गाँजासहित पक्राउ परेका छन् ।  सोही ठाउँ बस्ने ४५ वर्षीय कृष्ण राईलाई ५ केजी ३९० ग्राम गाँजासहित आइतवार दिउँसो प्रहरीले पक्राउ गरेको हो । ...

माघ १०, २०७८

हिमाली जिल्ला सोलुखुम्बुको माथिल्लो क्षेत्रमा दोस्रो पटक परेको हिमपातका कारण जनजीवन प्रभावित बनेको छ । खुम्बुपासाङ ल्हामु गाउँपालिका–४ खुम्जुङको तापक्रम माइनस १३ डिग्रीसेलसियसमा झरेको छ । यहाँका बासिन्...

माघ १०, २०७८

पछिल्ला समय कोरोना भाइरसको तेस्रो लहरसँगै देशभर संक्रमित हुनेको सङ्ख्या बढेको छ ।  आमनागरिकसँगै कोरोनाविरुद्ध अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मीसमेत संक्रमित हुने क्रम बढेको छ । गण्डकी प्रदेशमा मात्र तीन ...

माघ १०, २०७८

प्रदेश १ सरकारले कोशी पुलदेखि मेची पुलसम्म र विराटनगरको रानीदेखि धरानसम्म सीसी क्यामेरा जडान गर्ने भएको छ । प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले सोमवार सञ्चारकर्मीसँग कुरा गर्दै शान्ति...

माघ १०, २०७८

कोरोना संक्रमण बढेसँगै कारागार कार्यालय भरतपुरमा उच्च सतर्कता अपनाइएको छ । कारागार प्रशासनले कोरोना सर्न सक्ने देखिएको भन्दै कैदीबन्दीलाई आफन्तसँग भेटघाट बन्द गरेको छ ।  कार्यालयका प्रमुख कमलप्रसाद काफ्ले...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...