जेठ २, २०७९
पाँचथरको फाल्गुनन्द गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएका छन् । अध्यक्षमा कांग्रेसका बृजहाङ आङदेम्बे ५ हजार ७३९ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्व...
काठमाडाैं | मंसिर १२, २०७८
नेकपा एमालेको नयाँ नेतृत्व चयन गर्ने महाधिवेशन बन्दसत्रको तेस्रो दिन आइतवार अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारीसहित ३०१ जना केन्द्रीय सदस्यको नाम बन्दसत्रको हलमा प्रस्ताव गर्दैछन् ।
आइतबार बिहान १० बजे दोस्रो दिनको बन्दसत्र शुरू हुने बताइएको छ । हलमा ओलीले सर्वसम्मत नेतृत्व चयनको लागि केन्द्रीय सदस्य र पदाधिकारीको नाम प्रस्ताव गर्दैछन् ।
पदाधिकारीसहित केन्द्रीय सदस्य र केन्द्रीय आयोगहरूका सदस्यको नाम प्रस्ताव गर्ने सर्वाधिकार शनिवार नै बन्दसत्रबाट ओलीले पाइसकेका छन् ।
एकताको महाधिवेशन गर्नुपर्ने भन्दै अध्यक्ष मण्डलका सदस्य विष्णु पौडेलले राखेको ओलीलाई अधिकार दिने प्रस्ताव हलले अनुमोदन गरेको थियो ।
एमालेले ३०१ जना केन्द्रीय सदस्य चयनका लागि विभिन्न क्लस्टर बनाएको छ । जसअनुसार प्रत्येक प्रदेशबाट ६ जना खुला र ३ जना महिला गरी ९ जना केन्द्रीय सदस्य चुनिने छन् ।
त्यसबाहेक राजधानीको उपत्यका विशेष प्रदेश कमिटीबाट खुला १ र महिला १, सम्पर्क समन्वय विशेष कमिटीबाट खुला १ र महिला १ गरी कूल ६७ जना केन्द्रीय सदस्य समेटिनेछन् ।
आदिवासी जनजाति समुदायबाट २५ जना केन्द्रीय सदस्य बन्नेछन् । जसमा १७ जना खुला र ८ जना महिला हुने गरी क्लस्टर छुट्याइएको छ ।
मधेशी समुदायबाट १९ जना केन्द्रीय सदस्य बन्नेछन् । जसमा १२ जना खुला र ७ जना महिला हुनुपर्नेछ ।
दलित समुदायबाट १२ जना केन्द्रीय सदस्य बन्नेछन् । त्यसमा ८ जना खुला र ४ जना महिला हुनुपर्ने व्यवस्था गरिएको छ ।
थारु समुदायबाट ७ जना एमाले केन्द्रीय सदस्य बन्नेछन् । जसमा ५ खुला र २ जना महिला केन्द्रीय सदस्य हुने गरी क्लस्टर छुट्याइएको छ ।
मुस्लिम र पिछडिएको क्षेत्रका लागि पनि क्लस्टर छुट्याइएको छ । त्यसमध्ये बाँकी रहेका १३७ केन्द्रीय सदस्य खुला क्षेत्रबाट छनोट गर्ने गरी क्लस्टर छुट्याइएको एमालेको बन्दसत्रको अध्यक्ष मण्डलका सदस्य विष्णु पौडेलले बताए ।
यसरी छनौट हुने १३७ केन्द्रीय सदस्यमध्ये ५३ जना महिला हुनुपर्ने र ८४ जना खुला रूपमा प्रतिस्पर्धा गर्नुपर्ने व्यवस्था गरिएको छ ।
एमालेका केन्द्रीय आयोगहरू अनुशासन, लेखा र निर्वाचन आयोग २५ सदस्यीय हुने व्यवस्था गरिएको छ । त्यसमा पनि एकतिहाइ महिला प्रतिनिधित्व हुनैपर्ने व्यवस्था गरिएको पौडेलले बताए ।
एमालेको १९ जना केन्द्रीय पदाधिकारी चयनमा पनि कुनै क्लस्टर छुट्याइएको छैन ।
पदाधिकारी सहितको केन्द्रीय सदस्य र आयोगका सदस्यहरू अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले आइतवार बन्दसत्रको हलमा प्रस्ताव गर्ने तयारी गरेका छन् ।
पाँचथरको फाल्गुनन्द गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएका छन् । अध्यक्षमा कांग्रेसका बृजहाङ आङदेम्बे ५ हजार ७३९ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्व...
काठमाडौंको शंखरापुर नगरपालिकाको मेयरमा रोचक प्रतिष्पर्धा देखिएको छ । कुनैबेला नेकपा एमाले, कुनै बेला राप्रपाले लिड गरिरहेकोमा अहिले नेकपा एसले अग्रता लिइरहेको छ । सोमवार रातिसम्मको नतिजामा नेकपा एसका ...
नेपाल पत्रकार महासंघ पाल्पाका पूर्व अध्यक्ष राजेशकुमार अर्याल वडाध्यक्षमा निर्वाचित भएका छन् । नेकपा एमालेको तर्फबाट तानसेन नगरपालिका वडा नं. ९ को वडाध्यक्षमा उम्मेदवारी दिएका अर्याल ३२२ मतान्तरसहित निर्वा...
ओखलढुंगाको खिजिदेम्बा गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टीका उम्मेद्वार गम्बु शेर्पा निर्वाचित भएका छन् । उनले २ हजार ८ सय ८२ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका भुपेन्द्र बस्नतेले २...
धादिङको खनियाँबास गाउँपालिकामा गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन् । गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार रणबहादुर तामाङले १ हजार ६ सय ९ मत सहित निर्वाचित भएका छन् । उनका निक...
प्यूठान नगरपालिकाको मेयर पदमा माओवादी केन्द्रका विष्णुबहादुर योगी विजयी विजयी भएका छन् । योगीले ९ हजार ३२३ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका विजय विराज विष्टले ७ हजार ८१६ ...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...
‘इधम जिवेत सुखम जिवेत ऋण कृत्वा घ्रितम पिवेत’ सुन्नमा मजा आउँछ तर सुनदेखि नूनसम्म विदेशबाट आयात गर्ने देशका नागरिक हामी वर्तमानमा रमाउँछौं । संसारमा खुशी मानिसमध्ये हामी पनि पर्छाैं अर्थात् भौतिक...