×

X
Dabur
Nic Asia
Marvel

पोर्चुगिज लीगमा नाटकीय खेल : नौ खेलाडीका साथ ओर्लियो बेलेनेन्सेस, बीचमै वाकओभर

काठमाडाैं | मंसिर १२, २०७८

TVS INSIDE

पोर्चुगलको फूटबल लीग प्रिमेरा डिभिजनमा बेनफिका र बेलेनेन्सेसबीच शनिवार भएको खेलमा अनेकौं नाटकीयता देखिएका छन् । 

IME BANK INNEWS
morang Auto yamaha

बेलेनेन्सेस जम्मा नौ खेलाडीका साथ ओर्लिएको थियो किनकि अन्य खेलाडीहरू कोभिडको चपेटामा परेका थिए । 


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

हुँदाहुँदा रिजर्भ गोलकीपरलाई समेत डिफेन्स खेलाडीका रूपमा क्लबले ल्याउनुपरेको थियो । 

उक्त खेल हाफ टाइमको केही मिनेटलगत्तै स्थगित गरिएको थियो । 

Vianet communication
Maruti inside

क्लबका १३ खेलाडी र चार प्रशिक्षक समूहका सदस्यहरू कोरोना संक्रमणमा परेका छन् । 

यस्तो स्थितिमा पनि खेल खेलाइएपछि बेलेनेन्सेसका कतिपय खेलाडीहरूले सामाजिक सञ्जालमा संयुक्त वक्तव्य निकालेर विरोध गरेका थिए । 

‘फूटबल प्रतिस्पर्धात्मक भएमा मात्र अनि खेल भावनालाई सम्मान गरे मात्र सुन्दर हुन्छ,’ बयानमा लेखिएको छ । 

‘सार्वजनिक स्वास्थ्यका विषयमा उदाहरण प्रस्तुत गरे मात्र फूटबलको मुटु भएको ठहरिन्छ । आज फूटबलले मुटु गुमायो ।’

अप्ठ्यारोमा परेको बेलेनेन्सेसविरुद्ध बेनफिकाले ७ गोल गरेको थियो । 

अति भएपछि बेलेनसेसले तीनजना खेलाडीलाई मैदान बाहिर बोलाएको थियो । ६ जना खेलाडी मात्र मेदानमा रहेपछि बेनफिका विजेता भएको थियो । 

मैदानमा कुनै टीमको सातजना खेलाडी नभएमा अर्को पक्ष विजेता ठहरिन्छ । 
 

TATA Below
NLIC
साउन २३, २०७९

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतका प्रशिक्षक मनोज प्रभाकरलाई १ वर्षका लागि नियुक्त गरेको छ ।  पूर्व भारतीय अलराउण्डरका साथै रणजी ट्रफी विजेताका प्रशिक्षक सम...

साउन २३, २०७९

नेपाल रिङ रेस्लिङ संघ र जापानस्थित ०१ जापानबीच नेपालमा रेस्लिङ खेलको तालिम सञ्चालनसम्बन्धी सम्झौता भएको छ । लैनचोरस्थित रिङ रेस्लिङ एकेडेमीमा भदौ १५ गतेदेखि ६ महिने विशेष व्यवसायिक रिङ रेस्लिङ तालिम सञ्चालन गर्...

साउन २५, २०७९

निर्माण शुरू भएको १९ वर्ष पुग्दा र २८ करोड बजेट सकिँदा पनि मूलपानी क्रिकेट रंगशालाको निर्माण कार्य सम्पन्न हुन सकेको छैन । दुई वर्षभित्र निर्माण सक्ने लक्ष्यसहित २०६० सालमा ठेक्का सम्झौता भएको रंगशालाको काम झण्ड...

साउन २५, २०७९

राष्ट्रिय महिला फूटबल टोलीकी सदस्य एवं मिडफिल्डर दीपा न्यौपानेले भारतको केरला महिला लिग खेल्ने भएकी छन् । नेपाल पुलिस क्लबकी मिडफिल्डर समेत रहेकी उनी प्रतियोगिताका लागि बुधवार दिउँसो नै भारत प्रस्थान गर्ने क...

साउन २४, २०७९

भारतका तिब्र गतिका बलर जसप्रित बुमराहले एसिया कप क्रिकेट २०२२ गुमाउने भएका छन् । चोटका कारण बलर बुमराहले एसिया कप क्रिकेट गुमाउने भएका हुन् । मेरुदण्डमा समस्या देखिएपछि उनी आराममा रहेका छन् । भारतले घ...

साउन २३, २०७९

साविक विजेता म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा विजयी शुरूआत गरेको छ । आइतवार राति वेस्ट ह्याम युनाईटेडलाई २-० गोलले हराउँदै सिटीले नयाँ सिजनको सुखद शुरूआत गरेको हो । वेस्ट ह्यामको मैदान...

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

साउन २३, २०७९

नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...

'कुकुर्नी कमिनीको बकपत्र'

'कुकुर्नी कमिनीको बकपत्र'

साउन २२, २०७९

थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...

राजनीतिसँगका जनअपेक्षा– अवस्था बदल्ने कि नेता ?

राजनीतिसँगका जनअपेक्षा– अवस्था बदल्ने कि नेता ?

साउन २२, २०७९

राजनीति एउटा त्यस्तो विशेष नीति, दर्शन वा मार्गचित्र हो जसका माध्यमबाट नागरिक जीवनलाई सुखद्, सहज र प्रतिष्ठापूर्ण बनाउन सकिन्छ । यो कठोर साधना पनि हो । राजनीतिले सार्वजनिक जीवनलाई सदैव उच्च महत्त्व दिन्छ र आफ्नो घो...

ad
x