×
Bajaj Top
Khukuri
FONEPAY

एमाले महाधिवेशन

१० बजे शुरू हुने भनिएको बन्दसत्र ४ घण्टा ढिला : ओली छलफलमा, प्रतिनिधि रनभुल्लमा !

काठमाडाैं | मंसिर १२, २०७८

NTC
फाइल तस्वीर।
TVS INSIDE

नेकपा एमाले महाधिवेशनको अन्तिम दिनको बन्दसत्र तोकिएको समयभन्दा चार घण्टा ढिला हुँदासमेत शुरू हुन सकेको छैन । 

Sanima Bank
morang Auto yamaha

महाधिवेशनबाट निर्वाचित हुने पदाधिकारी, केन्द्रीय सदस्य र निकायका पदाधिकारीको सूची बन्न ढिला हुँदा बन्दसत्र शुरू हुन नसकेको हो । 


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

बन्दसत्र बिहान १० बजे शुरू हुने भनिएको थियो । 

बन्दसत्रको हलबाट सहमतिको खाका ल्याउने अधिकार पाएका अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओली सूची बनाउन व्यस्त छन् । मुख्य पदाधिकारीमा सहमति जुटाउन नसक्दा बन्दसत्र शुरू गर्न ढिला भएको हो ।

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

वरिष्ठ उपाध्यक्ष र महासचिवमा ओली पक्षीय नेताहरूबीच नै सहमति जुट्न नसक्दा बन्दसत्र ढिला भएको हो । ओलीलाई भेटेर फर्किएका नेता ईश्वर पोखरेलले अबको केहीबेरमै बन्दसत्र शुरू हुने जानकारी दिएका छन् । 

महासचिवमा विष्णु पौडेल कि शंकर पोखरेल भन्ने अझै टुंगो लागेको छैन । वरिष्ठ उपाध्यक्षमा ओलीले ईश्वर पोख्रेलको नाम अगाडि सारे पनि सुवास नेम्वाङले उपाध्यक्षमा मात्र नबस्ने बताएका छन् । 

भीम रावलले अध्यक्षमा उम्मेदवारी दिने भन्दै प्रचारप्रसार गरिरहेकाले महाधिवेशन मतदान प्रक्रियामा जाने सम्भावना पनि छ । अन्य पदमा सर्वसम्मति भए पनि अध्यक्षमा चुनाव हुने सम्भावना छ । 

विद्युतीय मतदान हुने भएकाले मतदानको अवस्था आए पनि छिट्टै मतगणना हुने आयोजकले जनाएका छन् । 

शनिवारको बन्दसत्र पनि ५ घण्टा ढिला शुरू भएको थियो । शुक्रवारबाट शुरू महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै आजै समापन गर्ने तयारी छ । 

आज नेतृत्व चयन गर्ने र भोलि सौराहमै घोषणा सभा गर्ने तयारी रहेको एक नेताले जानकारी दिए ।

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ १०, २०७८

पहिलोपटक १ नम्बर प्रदेश सरकार गठन भएको आगामी फागुन ३ गते ४ वर्ष पुग्दैछ । ४ वर्ष पूरा हुनै लागेको प्रदेश सरकारमा ३ मुख्यमन्त्री बनिसके तर प्रदेशको न्वारन हुन सकेको छैन । हरेक मुख्यमन्त्रीले शपथ ग्रहण गर्नेबित्ति...

माघ १०, २०७८

कर्णाली प्रदेशलाई तुलनात्मक रूपमा गरीब प्रदेश मानिन्छ तर त्यहाँका मुख्यमन्त्री जीवनबहादुर शाहीका काठमाडौंदेखि ठाउँठाउँमा घरघडेरी रहेका छन् । मुख्यमन्त्री शाहीले भ्रष्टाचार निवारण ऐनअनुसार सार्वजनिक गरेको सम्पत्ति...

माघ १०, २०७८

लामो समयदेखि चीनमा उपचाररत नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री वर्षमान पुन सोमवार पत्नी पूर्वसभामुख ओनसरी घर्तीसहित नेपाल फर्किँदैछन्।  विश्वमै विरलै देखिने जण्डिसबाट पीडित पुन काठमाडौंबाट साम...

माघ १०, २०७८

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले पार्टी महासचिवमा आफ्नो दाबी स्वभाविक भएको बताएका छन् । चीनमा स्वास्थ्योपचार गरी स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले आफू पहिले...

माघ १०, २०७८

महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थीले बझाङको बित्थडचिर गाउँपालिका–८ का वडाध्यक्ष जयबहादुर मल्लमाथि कालोमोसो दलेका छन् । ‘भ्रष्टाचार...

माघ १०, २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाले सोमवार दिउँसो ३ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।  प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । आज सोमवार भएकाले मन्त्रि...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...