×
Bajaj Top
Khukuri
FONEPAY

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

झापा | मंसिर १६, २०७८

NTC
TVS INSIDE

झापाको बिर्तामोड नगरपालिकामा आज ट्रकको ठक्करबाट मोटरसाइलक चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । बिर्तामोड–भद्रपुर सडक खण्डअन्तर्गत बिर्तामोड–९ स्थित धौलापुल नजिकै ट्रकको ठक्करबाट मोटरसाइकल चालक बिर्तामोड–९ का सम्पत राजवंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए । मोटरसाइकलको पछाडि सवार बिर्तामोड–९ की ३१ वर्षीया शान्ता कार्की घाइते भएकी छन् । उनको बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा उपचार भइरहेको छ ।

Sanima Bank
morang Auto yamaha

    बिर्तामोड–भद्रपुर सडकअन्तर्गत धौलापुल नजिकै आज बिर्तामोडतर्फ आउँदै गरेको मे १ क ७८६ नं. को ट्रकले विपरीत दिशाबाट जाँदै गरेको मे ५ प १३६५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाइकल चालक राजवंशीलाई उपचारका लागि अस्पताल लाँदै गर्दा बाटैमा मृत्यु भएको थियो । ट्रक र ट्रक चालक भद्रपुर–१० का ३६ वर्षीय गङ्गा तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस


Advertisment
NMB BANK
RMC TANSEN
shivam island
Vianet communication
IME BANK INNEWS
LAxmi BAnk
JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ १०, २०७८

पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा एक हजार २८३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जसमा एक हजार ४९२ जनाको पिसीआर परीक्षण गर्दा ८४६ र ९८२ जनाको एन्टिजेन परीक्षण गर्दा ४३७ जनामा कोरोना सङ्क्रमण भएको सामाज...

माघ १०, २०७८

सुन चोरी प्रकरणमा महानगरीय अपराध महाशाखाका एक जना प्रहरी निरीक्षक मुछिएका छन् ।  महाशाखाको ललितपुर परिसरमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) सानाकान्छा रम्तेलमाथि महाशाखाले समिति बनाएर अनुसन्धान शुर...

माघ १०, २०७८

कोरोना भाइरसको तेस्रो लहर चलिरहेको समयमा मधेश प्रदेशमा हालसम्म लक्षित जनसङ्ख्याको ४४ प्रतिशत नागरिकले खोपको पूर्ण डोज लगाएका छन् । साथै करिब ११ हजार नागरिकले बुस्टर डोज लगाएका छन् । मधेश प्रदेशमा हालसम्म १२ ...

माघ १०, २०७८

कोभिड–१९ को तेस्रो भेरियन्ट (ओमिक्रोन) भाइरस फैलिरहेको अवस्था छ । कोभिडको संक्रमण बढेसँगै हिमाली जिल्ला मनाङ प्रवेशका लागि कोभिड विरुद्धको खोप कार्ड अनिवार्य गरिएको छ ।  पर्यटक तथा सर्वसाधारणल...

माघ १०, २०७८

प्रतिबन्धित लागूऔषध बिक्री गर्ने पनौती नगरपालिका–२ का ४३ वर्षीय उद्धव सापकोटालाई प्रहरीले पक्राउ गरेको छ । उद्धव फर्मेसीका सञ्चालक सापकोटाले चिकित्सकको आधिकारिक सिफारिस विना प्रतिबन्धित औषधि (नशालु पदार्...

माघ १०, २०७८

नयाँ रक्षा सचिव किरणराज शर्मालाई नेपाली सेनाले स्वागत गरेको छ । जंगी अड्‍डास्थित सगरमाथा हलमा आयोजित स्वागत कार्यक्रममा रक्षा सचिव शर्मालाई वर्तमान वस्तुस्थिति, नेपाली सेनाको संगठनात्मक संरचना, जिम्मेवारी,...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...