×
Bajaj Top
Khukuri
Dataz
FONEPAY

थापा र लिङ्देन प्यानलसहित मैदानमा

काठमाडाैं | मंसिर १७, २०७८

NTC
TVS INSIDE

राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्व निर्वाचन प्रक्रियाबाटै चयन हुने दिशामा अघि बढेको छ । बुधबार सुरु राप्रपाको महाधिवेशनमा सहमतिबाट नेतृत्व चुन्न शीर्ष तहबाट गरिएको प्रयास असफल भएपछि मतदान प्रक्रियाबाटै नेतृत्व चयन हुने भएको हो ।

Sanima Bank
morang Auto yamaha

केन्द्रीय नेतृत्व चुन्न काठमाडौंमा जारी महाधिवेशनको प्रक्रियामा अध्यक्षका दुई उम्मेदवार कमल थापा र नेता राजेन्द्र लिङ्देन प्यानसहित मैदानमा उत्रिएका छन् । दुवै समूहले बिहीबार आ–आफ्नोतर्फबाट प्यानल घोषणा गरेका हुन् । थापाले आफ्नो समूहबाट ८ पदाधिकारी र १ सय ४९ सदस्यीय केन्द्रीय सदस्यका उम्मेदवारको टुंगो लगाएका हुन् ।


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

विक्रम पाण्डे दुवै टिममा ‘उपाध्यक्ष’

थापा समूहबाट वरिष्ठ उपाध्यक्षमा विक्रम पाण्डे, बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान उम्मेदवार बन्ने तय भएको हो । थापाले महिला उपाध्यक्षमा रोशन कार्कीलाई उम्मेदवार बनाएका छन् । यस्तै, तीन सदस्यीय महामन्त्रीमा भुवन पाठक, भास्कर भद्रा र कुन्ती शाहीले थापाले छानेका छन् ।

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

यसैगरी, लिङ्देनले पनि उपाध्यक्षमा विक्रम पाण्डेलाई राखेका छन् । उनी दुवै समूहबाट साझा उम्मेदवार बनेका छन् । यसैगरी, अन्य उपाध्यक्षमा यो समूहबाट दिलविकास राजभण्डारी, रामचन्द्र राय र लीला श्रेष्ठलाई उम्मेदवार बनाइएको छ ।

यसैगरी, लिङ्देनको प्यानलबाट महामन्त्रीमा डा. धवलशमशेर राणा, श्याम तिमिल्सिना र रेखा थापा उम्मेदवार भएका छन् ।

राप्रपाको महाधिवेशनबाट अनुमोदन भएको संशोधित विधानअनुसार केन्द्रीय समिति १ सय ९९ सदस्यीय हुनेछ । यस्तै, जारी महाधिवेशनमार्फत भने राप्रपाले १ सय ४९ जनालाई निर्वाचनमार्फत केन्द्रीय समितिमा चयन गर्नेछ । राप्रपा विधानमा ७५ प्रतिशत पदाधिकारी निर्वाचनबाट चुनिने गरी विधान संशोधन गरिएको हो ।

राप्रपा नेता मोहन श्रेष्ठका अनुसार यसअघि अध्यक्ष चुन्न मात्रै मतदान हुने गरेकामा यसपटकबाट भने अध्यक्षसहित तीन उपाध्यक्ष र तीन जना महामन्त्रीसहित १ सय ४९ जना चुन्नका लागि निर्वाचन हुन लागेको हो ।

राप्रपा विधानमा केन्द्रीय समितिमा अध्यक्ष, ६ जना उपाध्यक्ष, ६ महामन्त्री, एक जना कोषाध्यक्ष, प्रवक्ताहरू, सात जना सहमहामन्त्री, सात जना सहायक महामन्त्री र एक जना सहायक कोषाध्यक्षसहित १ सय ९९ सदस्यीय कार्यसमिति हुने उल्लेख छ ।

जसमध्ये अध्यक्ष, एक महिलासहित तीन जना उपाध्यक्ष, एक महिलासहित तीन महामन्त्री निर्वाचनबाट चयन हुने नेता श्रेष्ठले जानकारी दिएका हुन् । उनका अनुसार राप्रपाको इतिहासमा अध्यक्षबाहेकका पदाधिकारी चयनका लागि निर्वाचन हुन लागेको यो पहिलोपटक हो । निर्वाचनबाट चयन हुने केन्द्रीय सदस्यमध्ये ३३ प्रतिशत अर्थात् ४९ जना भने महिला रहनेछन् । बाँकी १ सय जना भने पुरुष हुनेछन् ।

राप्रपाले जाति र क्षेत्रका आधारमा पनि केन्द्रीय समितिमा आरक्षण दिएको छ । निर्वाचनबाट चयन हुने केन्द्रीय सदस्यमध्ये खुलातर्फ ५८ जना, आदिवासी जनजाति १४ जना (८ पुरुष र ६ महिला), मधेसी ११ जना (६ पुरुष, ५ महिला), उत्पीडित तीन जना (२ पुरुष १ महिला), कर्णाली तथा पिछडिएको क्षेत्र दुई जना (एक महिला एक पुरुष) मुस्लिम तीन जना (२ पुरुष एक महिला), थारू दुई जना (एक पुरुष एक महिला) र प्रवासबाट दुई जना निर्वाचित हुनेछन् । राजधानी दैनिकमा खबर छ ।

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ १०, २०७८

बैंकहरूले निर्यातयोग्य उद्योगहरूलाई विदेशी मुद्रामा प्रदान गर्दै आएको कर्जाको ब्याज सम्बद्ध देशको बेञ्चमार्क ब्याजदरका आधारमा निर्धारण गर्नुपर्ने भएको छ । राष्ट्र बैंकले आइतवार निर्देशन जारी गर्दै हालसम्म निर्यातका ल...

माघ १०, २०७८

बलिउड तथा  हलिउड  चलचित्रकी  नायिका प्रियङ्का    चोपडा    सरोगेसीको मद्दतले   आमा   बनेकी छन् । चोपडा   र   उनका   श्रीमान्   निक जोनसले...

माघ १०, २०७८

 इमरान   अकबर इनमदारद्वारा  निर्देशित 'दी  प्रोफेसर’  आईआईटी, दिल्लीका  पूर्वप्राध्यापक  आलोक  सागरको  सत्य कथामा  आधारित  छोटो  चलचित्र...

माघ १०, २०७८

सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकमध्ये २३ वटा बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा कुल २९ अर्ब ५९ करोड ९१ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्। आव २०७७÷७८ को साउनदेखि पुससम्ममा २६ अर्ब ५० करोड ६१ ला...

माघ १०, २०७८

त्रिभुवन विश्वविद्यालले अति आवश्यकबाहेक सबै काम घरबाट गर्न पत्राचार गरेको छ । ओमिक्रोन संक्रमण बढ्दै गएपछि त्रिविले ९ बुँदे सूचना जारी गरी कार्यालय प्रमुखलाई सकेसम्म घरबाट हुने कामका लागि घरबाटै काम गर्न अर्थात् &...

माघ १०, २०७८

जाडोयाममा देउखुरीको राप्ती नदी क्षेत्रमा देखा पर्ने लोभीपापी गरुड यस वर्ष भने देखा परेको छैन ।  विश्वकै दुर्लभ ठानिएको गरुड प्रत्येक जाडोयाममा राप्ती नदी क्षेत्रमा देखा पर्दै आएको थियो ।  लोभीपा...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...