×
Bajaj Top
Khukuri
FONEPAY

मेरी आमा : सुन्दर, शान्त, विशाल !

काठमाडाैं | मंसिर १९, २०७८

NTC
TVS INSIDE

रन्जु पाण्डे

Sanima Bank
morang Auto yamaha


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

भारतवर्ष अन्तर्गतको एक आध्यात्मिक भूमि नेपालको पश्चिम गुल्मी  पुर्ख्यौली मुलथलो भएका प्रसिद्ध विद्वान् पिता कृष्णप्रसाद ज्ञवालीका सुपुत्र सलील ज्ञवाली विश्वसाहित्यमा एक उदाउँदो नक्षत्र हुन् । स्वामी विवेकानन्दका कृतिबाट आफू अत्यन्त प्रभावित भएको बताउनुहुने ज्ञवाली हाल भारतको सिलोङमा रहँदै आउनुभए पनि नेपाल आमाको मायाको सागरले उहाँलाई सीमामा बाँध्न सकेको छैन र त आफ्नो मातृभूमि सिङ्गो भारतवर्षलाई मान्नुहुन्छ ।
सत्य र सुमार्गका अनन्य अनुयायी ज्ञवाली दर्शन तथा चिन्तनसम्बन्धी विचारहरू प्रस्तुत गर्दै ८० को दशकदेखि लेखनमा अगाडि बढिरहनुभएको छ । इन्टेरनेसनल अर्गनाइजेसन अफ जर्नालिस्टका सदस्यसमेत रहनुभएको उहाँले लगभग डेढ दर्जन जति विद्यालयस्तरीय लगायतका कृति तयार गर्नुभएको छ । प्राचीन पूर्वीय सभ्यतालाई चिनाउने तपस्यामा अनेकौँ वर्षव्यतीत गरेपछिको अध्ययनको गहिरो प्रभावले जब विश्वभरिकै महान् चिन्तक स्रष्टा तथा वैज्ञानिकहरूको पूर्वीय जगत्‌सम्बन्धी उक्ति, चिन्तन, सङ्कथन, तथ्य र सत्यको सङ्ग्रह “द ग्रेट माइन्डस अन इन्डिया” नामक कृति इन्डिया सरकारको पहलमा प्रकाशन भयो यस कर्मले ज्ञवालीलाई निकै उचाइमा पुऱ्याएको छ । जर्मनी, बङ्गाली, उर्दु, संस्कृत, हिन्दी लगायत अहिलेसम्म १४ ओटा भाषामा अनुवाद गरिसकिएको यो पुस्तकलाई केही वर्षअघि नेपालीमा समेत अनुवाद गरिएको छ । पूर्वीय सभ्यता विश्वविख्यात विद्वान्‌हरूको दृष्टिमा नामकरण गरी साहित्यकार प्रा.डा. गोविन्द भट्टराईद्वारा अनुवादित यस पुस्तक पढिसक्दा विश्व भरिको चिन्तनले मभित्र एउटा हलचल पैदा गरेको छ ।

 ८४ जना विश्वविख्यात विद्वान्‌हरूको पूर्वीय सभ्यतामाथिको दृष्टिकोण, टिप्पणी, वेद उपनिषद्, गीतामाथिको उनीहरूको विश्वास र आफ्नो जीवनमा यसले ल्याएको रूपान्तरणको चर्चा सँगसँगै संस्कृत भाषाका केही गुण उद्धरणहरूसमेत उल्लिखित जम्मा १६३ पृष्ठको यो सङ्कलित पुस्तक वास्तवमै समुद्रबाट खोजिएका सिपी र शङ्खहरू हुन् । यस्तो खोजी गर्नु अनि यसरी उन्नु ठट्टाको कुरा होइन । अनुवादको क्रममा जति-जति अगाडि बढ्दै गयो उति-उति पूर्वीय जगत्‌को सारतत्त्व माथि आफू उदाउँदै गएको मान्नुहुन्छ डाक्टर भट्टराई र आफूलाई एक विशाल भूमिमा छु भन्दा अत्यन्तै गहिरो आनन्दको महसुस पनि गर्नुहुन्छ । पश्चिमी साहित्य, लेख अनि भौतिक जगत्‌को आविष्कारमा पूर्वको प्रभाव कहाँ कहाँ कसरी छ भन्ने खोजीको क्रममा जर्ज बनार्ड सा, एच जी वेल्स, लिङ युताङ, लिन्डा जोनसेन, हु सि, सर विलियम जोन्स, जवाहरलाल नेहरू जस्ता रत्नको पहिचान अनि यस्ता अमरवाणीहरू टिप्ने सलीलको जीवनलाई धन्य ठान्नुहुन्छ डा. भट्टराई ।

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

आफ्नो जीवनको लगभग पच्चिस वर्षको क्रिम अवधिलाई यस्ता खोजीमा लगानी गरेर यसको निचोड निषेचनबाट पुस्तक “ ग्रेट माइन्ड्स अन इन्डिया” जन्माउँदा आफूले सहन गरेको प्रसव पीडालाई ज्ञवाली यसरी बताउनुहुन्छ, “म विचारहरूको सागरमा डुबे, अनेकौँ वर्ष त्यसरी व्यतीत भएपछि एकदिन म ओपेन्हाइमरको विस्फोटक उद्गारमा पुगेँ, --  “आधुनिक भौतिकशास्त्रमा हामीले जुन उपलब्धि हासिल गरेका छौँ यो कुरा सबै प्राचीन हिन्दू विद्वत्ताको प्रतिपादन समर्थन र परिष्करण मात्र हो ।” (पेज १२)
 

अब यहाँनेर म विश्वका केही ती महान् व्यक्तित्वहरूको पूर्वीय दर्शनबारे वहाँहरूको विचार प्रस्तुत गर्दछु जुन यस पुस्तकमा उद्धृत छन् र जसको मूल स्रोत पेङ्गुइन बुक्सद्वारा प्रकाशित सलील ज्ञवालीका द ग्रेट माइन्ड्स अन इन्डिया शीर्षक कृतिमा दिइएको छ ।

एक महान् जर्मन दार्शनिक फ्रेड्रिक हिगेल (१७७०-१८३१) जसको एकमात्र अध्ययनले सम्पूर्ण युरोपेली दर्शनलाई परिक्रमित गराइदियो, उहाँको भनाइ, “भारतवर्ष (आर्यावर्त) एउटा स्वप्नभूमि हो । यसले सधैँ मानिसको स्वप्न सुख अर्थात् परमानन्दभन्दा परको सपना देख्यो; त्यो नै मानवको अन्तिम लक्ष्य हो । भारतवर्षले आफूलाई ज्ञानका निमित्त खोजी गरिनुपर्ने देशका रूपमा विश्व इतिहासमा एउटा विशेष संवेग उत्पन्न गरेको छ ।” (५२)

भारतवर्ष प्रति उनको यस किसिमको लगाव बोलिरहँदा अर्का स्रष्टा नोबेल पुरस्कार विजेता, क्वान्टम फिजिक्सका पिताका रूपमा चिनिने अस्ट्रियन भौतिकशास्त्री आर्विन स्रोडिङ्गर (१८८७-१९६१) को अनुभूति यस्तो छ, “पाश्चात्य विज्ञानलाई आध्यात्मिक रक्तअल्पताबाट बचाउन पूर्वबाट पश्चिमतिर केही रक्ताधान आवश्यक भएको छ ।” (९६)

यो उक्तिले मलाई झस्याङ्ग आफ्नी एक विदेशी मित्र क्यालिफोर्निया निवासी जेनिफरको त्यो गुलावी अनुहार सम्झायो जो केही वर्षअघि पाँचौँपटक नेपाल आउँदा मसँगै रहेकी थिइन् । हिन्दूहरूको महान् चाड दीपावलीमा पूजाकोठाभित्र आफूसँगै रहेर लक्ष्मीपूजामा सरिक भैरहँदा उनका आँखाबाट बलिन्द्रधारा आँसु बगिरहेका थिए । उनले आफूलाई केही नभएको बताए पनि आज म महसुस गर्दै छु, उनी आध्यात्मिक रक्तअल्पताले ग्रसित थिइन् त्यति बेला सायद । हो, वास्तवमा उनीजस्ता धेरै पश्चिमाहरू बारम्बार यस्तै आध्यात्मिक कुपोषणको आहार खोज्दै भारत वर्षको यो भूमिमा आउँदा रहेछन् सायद ।

अर्का जर्मन लेखक दार्शनिक भाषाशास्त्री जर्मन स्वच्छन्दतावादका संस्थापकमध्ये एक विशिष्ट व्यक्तित्व फ्रेड्रिक भोन स्लेगल (१७७२-१८२९) भन्छन्, “यो विश्वमा संस्कृत भाषाको जस्तो नियमनिष्ठता र दार्शनिक सुस्पष्टताले युक्त अन्य कुनै भाषा छैन, ग्रिसेली पनि छैन ।” (५५)

जर्मन विद्वान्‌ले यस्तो धारणा प्रस्तुत गरेका थिए तर यता नेपालमा भने विद्यालय पाठ्यक्रमबाट संस्कृत भाषा हटाइसकिएको छ । कस्तो विडम्बना संस्कृत भाषामा लेखिएको ज्ञानको अथाह भण्डार अहिले हामी नेपालीको लागि पूजा गर्दा आफैँले नबुझिने गरी पण्डित पुरोहितले उच्चारण गर्ने एउटा लिपिमा सीमित हुन पुगेको छ । हामी उनीहरूको उच्चारणमा केवल स्वाहा ! स्वाहा ! मात्र भन्दै गयौँ । न हामीले कहिले बुझ्ने कोसिस गऱ्यौँ न उनीहरूले नै हामीलाई बताए कि ‘घृतछाया’ को अर्थ ।

फ्रान्सका महान् इतिहासकार जुलेस मिसेलेट (१७९८-१८७४) रामायणको गाथा यसरी सुनाउँछन्, “पश्चिमी जगत्‌मा हरेक कुरा सङ्कीर्ण छ- ग्रीस सानो छ र म निस्सासिन्छु साथै जुडिया सुक्खा छ र म धडकिन्छु पनि; मलाई त्यो महान् एसियातिर र त्यो गहन पूर्व जगत्‌तिर एकछिन दृष्टि लाउन दिनोस्, त्यहाँ मेरो महान् काव्य छ- रामायण ।” (६०)

***
आमाले सानी छँदा धेरैपल्ट रामायण पाठ गर्न लगाउनुभयो तर धर्मको आधारमा । निकै आकर्षक बनाएर पौराणिक कथामा प्रस्तुत गरिएका टेलिसिरियल मनोरञ्जनका लागि हेर्छु । अध्यात्मको आँखाले अब यसमा त्यो रहस्य खोज्नु छ जुन अठारौँ शताब्दीमा नै भेटिइसकेको थियो र जसलाई नदेखेर केही सर्जकहरू आज यस विषयमा बहस गर्दै छन् कि आफ्नै श्रीमतीलाई शङ्का गरेर अग्निपरीक्षा लिन लगाउने पति कसरी मर्यादापुरुष भए ?

पुस्तक अध्ययनको क्रममा मुखपृष्ठबाट नै एउटा कौतुहलता जाग्छ, जहाँ विख्यात साहित्यकार दार्शनिक वैज्ञानिकहरूका बिचमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको तस्बिर भेटिन्छ । फ्रेडरिक सिलर, अल्बर्ट आइन्स्टाइन जस्ता महान् दार्शनिक वैज्ञानिक एवं चिन्तकको पूर्वीय सभ्यताप्रतिको ऋण युक्त कृतज्ञता देख्न अनि पढ्न सकिन्छ । त्यसैले त अनुवादको क्रममा डाक्टर भट्टराईसँग सर्वप्रथम आइन्स्टाइन नै बोल्छन्, “हामी पूर्वीय जगत्‌प्रति चिरऋणी छौँ । उनीहरूले हामीलाई गणित सिकाए, त्यसविना कुनै पनि सार्थक प्रकृतिको वैज्ञानिक आविष्कार सम्भव हुने थिएन ।  “ (२३)

यसरी पश्चिमाहरूले नै आफ्ना महान् उपलब्धिलाई तुच्छ ठानिरहेका बेला पूर्वीयहरूले पश्चिमी शैली अनुसरण गरेको देख्दा आफूमा आएको तिक्तता यसरी पोख्नुहुन्छ डाक्टर भट्टराई, “हामी यतिखेर आफ्ना गोठका लैना गाईभैँसी परदेशीलाई बिक्री गरेर त्यसको पैसाले हल्यान्डदेखि मगाएको स्किम्ड मिल्क किन्दै छौँ ।” (१९)

सलील ज्ञवालीको अथक परिश्रमको निचोड यस पुस्तकमा डाक्टर भट्टराईको अनुवादले थुप्रै पाठकलाई आफ्नो अतीतमा गएर एकपटक आफैँलाई खोज्न प्रेरित गर्नेछ भन्नेमा म विश्वस्त छु । वास्तवमा भूमिका नै यस पुस्तकको सारतत्त्व हो । विषयसूचीपछिका भरिएका पानाहरू त केवल प्रमाणका लागि देखाइएका केही सन्दर्भ मात्र हुन् । पूणर्ता खोज्ने काम हामी पाठक स्वयंको हो । ‘समस्या छ है तिमीमा’ भनेर थाहा दिन ‘युरिन टेस्ट’ मा देखिएको ‘इन्फेक्सनको’  रिपोर्ट हो यो पुस्तक । अब उपचारका लागि ‘कल्चर’ गर्नुपर्छ ब्याक्टेरिया पत्ता लगाउन । धेरै अध्ययन गर्नुपर्छ आफैँलाई, यथार्थमा आफूभित्रको पूर्वीय दर्शन चिन्न । तब मात्र यो पुस्तक पढ्नुको अर्थ हुन्छ ।

बारम्बार डाक्टर भट्टराई उर्फ गोविन्द दाइ मलाई भन्ने गर्नुहुन्छ, “कस्सिएर पढ्नुहोस्, हुरुक्कै भएर पढ्नुहोस् । घाँस खोले राम्रो खुवाए मात्र गाई दुहुन सकिन्छ ।” कति गहिरो छ यो भनाइ ।

पश्चिमाले कसरी अध्यात्मलाई आफ्नो सिद्धान्तमा प्रयोग गरेका छन् भन्ने कुराको जानकारी मात्रले हामी आफ्नो अतीतको विशालतालाई नाप्न सक्तैनौँ । त्यसैले होला यो पुस्तकले अहिले केवल मलाई रनभुल्ल तुल्याएको छ । जीवनमा अन्योलताको बोध हुनु विराट् कुरो रहेछ । यहाँ त मान्छेलाई आफू अलमलिएको छु भन्ने हेक्का नै रहन्न । ‘म एकदम ठिक छु’ भन्ने सबैलाई लागेको हुन्छ तर त्यो बोध अनि त्यसको झट्का लगाउन यो पुस्तकले मलाई सघाएको छ ।

पश्चिमी मूलकी लेखिका केरोलिन हेगन जसले सलिल ज्यु को युगको पुस्तकलाई जर्मन भाषामा अनुवाद गर्नुभयो उहाँको पुस्तक प्रतिको धारणा म यहाँ उल्लेख गर्न सान्दर्भिक ठान्दछु , " पूर्वीय सभ्यताको यस्तो उज्यालो पक्षको जानकारी पाएपछि जस्ताको त्यस्तै पश्चिमी जगतसम्म यी कुरा पुर्याउने इच्छा जागेर मैले यो पुस्तक जर्मन भाषामा अनुवाद गर्ने निर्णय गरेकी हुँ  ।  ‘Great Minds on India’  जस्तो अतुलनीय पुस्तकको जर्मन भाषामा अनुवाद गर्ने अवसर पाउनु मेरा लागि एक अहोभाग्यको कुरा हो।  मेरो यो प्रयास वास्तवमा यस उपमहाद्वीपका प्राचीन सन्त-महात्मा, ऋषि-मुनिहरु प्रति मेरो हार्दिक श्रद्धा व्यक्त गर्ने अवसर पनि हो। मलाई आशा छ यो पुस्तकको प्रकाशनले प्राच्य सभ्यताले दिएको ज्ञानको ज्योति पश्चिमी जगत सम्म पुर्याउने कार्य अवश्य गर्नेछ।“

पुस्तक पढ्दा पढ्दै एकपल्ट लैङ्गिक चस्मा लगाएर स्वाट्ट हेर्न पुगेछु । चौरासी जना दार्शनिकको चर्चामा महिला प्रतिनिधि केवल ६% अर्थात् ५ जना मात्र पाए जब कि महिला त आमा पनि हुन्, सन्तानलाई सभ्यता सिकाउने । त्यसैले यसमा अझै खोजी गर्नुपर्ने महसुस गरेकी छु । सर्वाधिक प्रिय अमेरिकी कवि, पत्रकार तथा प्रखर रहस्यवादी विदुषी एला ह्विलर विल्कक्स (१८५०-१९१९) भन्छिन्, “विद्युत्, रेडियम, इलेक्ट्रोनिक्स हवाइजहाजजस्ता सारा कुरा ती स्रष्टालाई ज्ञान थियो जसले वेदको रचना गरे । (७१) गर्भको भेद बुझ्नसक्ने अर्की नारी जो भारतीय साहित्यबाट अत्यन्त प्रभावित एडभान्स फिजिक्सकी अनुसन्धानदाता, विदुषी ग्रीसकी छोरी क्विन फ्रेड्रिका (१९१७-१९८१) त भारतको साहित्य अनि अध्यात्मबाट यति गहिरोसँग प्रभावित थिइन् कि उनी भारतवर्षलाई आफ्नो आत्मदेश नै मान्थिन् । “भौतिकवादी ज्ञान भएको उच्च अध्ययन र अनुसन्धानले मभित्र एउटा आध्यात्मिक तिर्खा उत्पन्न गरिदियो, बढ्दै गएर त्यो एउटा अद्वैतवादी चिन्तनमा अथवा शङ्करको निर्विकल्प एकेश्वरवादमा टुङ्गियो । त्यो नै मेरो जीवनको दर्शन भयो, विज्ञानको दर्शन भयो ।” (१२२)

उनको यस्तो तत्त्वज्ञानप्राप्तिको उद्गार सुन्दा मलाई जिज्ञासा बढ्यो कि अहिलेका फिजिक्स अनि केमिस्ट्रीका अध्येताहरूको विचार बुझ्न मैले आफ्नो १२ गर्दै गरेको छोरालाई सोधेँ कि तिमीले अध्यात्म अनि विज्ञानको दर्शन कसरी गरिरहेको छौँ ? जबाफमा ऊ भन्छ, “मलाई विज्ञानमा अझै बढी विश्वास लागिरहेछ किनकि यो लजिकल छ । विज्ञानमा म हरेक जिज्ञासाको उत्तर पाउँछु जुन अध्यात्मले मलाई दिन सकेको छैन । जस्तै, पृथ्वी र मानवको सृष्टिका बारेमा विज्ञानबाट जुन जबाफ पाउँछु त्यसमा अन्त छ । त्यसपछि मसँग कुनै प्रश्न बाँकी रहन्न तर अध्यात्ममा हरेक जबाफपुष्टिलाई फेरि अर्को प्रश्न हुन्छ अन्तसम्म पुग्दैन ।…म सबै कुरा दृश्यमा खोज्छु । अदृश्यलाई प्राप्त गर्न दृश्यलाई त्याग्नुपर्छ जुन म अहिले सक्दिनँ किनकि म यसैमा रमाइरहेछु ।” उनको यो भनाइले आजको पुस्ताको प्रतिनिधित्व गरिरहेछ जो दृश्यमा खोजिरहेछन् । यसो त आफू बाचुन्जेल जसमा आस्था राखेर खुसी भएर बाँच्न सकिन्छ त्यही पथ हरेकका लागि सही हुँदो रहेछ ।

यसरी विश्वले स्विकारेको वेद, उपनिषद्, भागवद्गीता, रामायणजस्ता ग्रन्थभित्र डुब्न छोडेर हामी सतहमा रम्दै छौँ, लड्दै छौँ, विवाद गर्दै छौँ कि, बुद्ध कहाँ जन्मिए ? यता र उताको व्यर्थको तानातानमा हामीले आफूलाई खर्चिरहेका छौ । हामी बुद्धको आवाज नसुन्ने बहिरा भएका छौँ । उनी चिच्याई-चिच्याई भन्दा हुन्, “तिमीहरू किन मलाई खोसाखोस गरिरहेछौ ? हे मूर्ख, आफ्नो तेस्रो नेत्र खोलेर हेर त । म तिमीहरूभित्रै छु । आफैँ रहेको स्थान तिमीलाई थाहा छैन ?” 

पुस्तकभित्र रहेको ज्ञानको अथाह संभावनालाई खोज्दै जाने प्रतिबद्धता सँगसँगै अन्तमा महाकवि लक्ष्मीप्रसाद देवकोटा जसले नेपाल भारतलाई विशाल आध्यात्मिक भूमि भन्दै एउटा सिङ्गो आर्यावर्तको सम्झनामा महाकाव्य नै रच्नु भयो उनै ब्याक्तित्वको यो पवित्र भूमिप्रतिको एउटा नवगान उल्लेख गर्न चाहन्छु -

मीठो लाग्छ मलाई ता प्रियकथा प्राचीन संसारको
हाम्रो भारतवर्षको उदयको हैमप्रभासारको ।
जाडामा पनि कोयली कुसुमका बास्नाहरू सम्झिदै
फर्केलान् दिन फेरि उत्तर भनी बस्छे अकेली रुँदै ।।

साभार: शाकुन्तल महाकाव्य
 

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
पुस २०, २०७८

साहित्यकार तथा व्यवसायी वसन्त चौधरीको ‘अनेक पल और मैं' काव्यसंग्रह र ‘तिमी विनाको म’ कवितासंग्रह सार्वजनिक भएको छ । मंगलवार काठमाडौंको कमलादीमा आयोजित एक कार्यक्रमबीच चौधरीका २ काव्य...

माघ ३, २०७८

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ का लागि सम्मान तथा पुरस्कार घोषणा गरेको छ । प्रतिष्ठानका अध्यक्ष गणेश राईका अध्यक्षतामा बसेको भर्चुअल बैठकले वरिष्ठ गीतकार प्रा. डा. कृष्णहरि बराललाई रु. ५० हजारको &...

पुस २४, २०७८

सतीप्रथाको केस्राकेस्रा केलाउने सुजित मैनालीको पुस्तक ‘सतीः इतिहास र मीमांसा’ नेपाली भाषामा गरिएका यसप्रकारका अध्ययनमध्ये सर्वश्रेष्ठ प्रयास भन्न मिल्छ । लेखकको परिश्रम र विशिष्ट विश्लेषणात्मक क्षमता यस ...

माघ १, २०७८

प्राध्यापक महेन्द्र पी. लामाको नयाँ पुस्तक ‘ओ दार्जीलिङ ! सीमा वारिपारिका परिवेश र मन्थन’ले नेपाल र भारतका विभिन्न राजनीतिक आयाम र जल्दाबल्दा विषयवस्तुलाई प्राञ्जल भाषामा विश्लेषण गरेको छ ।  ...

माघ ८, २०७८

प्रकृतिको अनुपम उपहारमध्यको एक कास्कीको ‘कापुचे लेक’लाई क्यान्भासमा कैद गर्न पुगेका भक्तपुरका दुई कलाकार क्यान्भासमा नौला सिर्जनाका साथै अनुपम अनूभूति बोकेर राजधानी फर्किएका छन् ।  धेरैजसो ...

पुस २४, २०७८

ज्येष्ठ नागरिक योद्धा स्व. सीताराम ढकालको कृति लोकार्पण भएको छ ।  नेपाल प्रज्ञा प्रतिष्ठानका कूलपति गंगाप्रसाद उप्रेती, पूर्व मन्त्रीहरू शंकर कोइराला, टंक ढकाल, पूर्व राज्यमन्त्री पदम राई लगायतले शनिवार राजध...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...