×
Bajaj Top
Khukuri
Dataz
FONEPAY

सरसर्ती २४ घण्टा

प्रकाशमान कड्किएपछि पौडेल पक्षको बैठकमा तनाव

काठमाडाैं | मंसिर २३, २०७८

NTC
TVS INSIDE

पछिल्लो दुई दिनयता रामचन्द्र पौडेल पक्ष सभापतिको उम्मेदवार तय गर्न घनीभूत छलफलमा जुटेपनि सहमति हुन सकेको छैन । बरु पौडेल पक्षमा फुट आउने हो कि भन्ने संशय बढ्न थालेको छ । विशेषगरी प्रकाशमान सिंहले कुनै पनि हालतमा आफूले सभापतिको दावेदारी नछाड्ने बरु सहमति नभए एक्लै चुनावमा जाने अड्डी लिएपछि पौडेल पक्षमा संकट देखिएको हो । यस्तै डा शेखर कोइरालाले पनि दावेदारी नछाड्ने स्पष्ट गरेका छन् । 

Sanima Bank
morang Auto yamaha

सहमतिका लागि बुधबार विभिन्न चरणमा भएको छलफलमा प्रकाशमानले आफू सभापतिमा लडिछाड्ने स्पष्ट जवाफ नेताहरुलाई दिएका छन् । आफ्नै निवासमा भएको बैठकमा कडा रुपमा प्रस्तुत भएका उनले आफू उम्मेदवार नहुने हो भने एक्लै चुनावमा जाने बताएका थिए । प्रकाशमानको अडानकै बीच शेखरले पनि दावी कायमै राखे । तर, सभापतिमा अरु दुई दावेदार रामचन्द्र पौडेल र शशांक कोइराला भने प्रकाशमान र शेखरबीच सहमति हुने हो भने आफूहरु पछि हट्न तयार रहेको बताएका छन् । सहमति नभएपछि बुधबार साँझ बैठकबाट पौडेल निराश मुद्रामा बाहिरिएका थिए ।


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

यसैबीच पौडेल पक्षबाट १४ औं महाधिवेशनमा प्रतिस्पर्धा गर्ने उम्मेदवार तय हुन सकस भएपछि बिहीबार दोस्रो तहका नेताहरु छलफलमा बस्दैछन् । उनीहरुले बैठकबाट साझा उम्मेदवार तय गर्नका लागि नेताहरुलाई दवाव दिनेछन् । 
उता शेरबहादुर देउवा पक्ष पनि पदाधिकारीको उम्मेदवार टुंगो लगाउन व्यस्त छ । सभापतिमा भने देउवा उम्मेदवार हुने निश्चित भइसकेको छ । 

काँग्रेसको महाधिवेशन शुक्रबारदेखि सुरु हुँदैछ भने त्यसअघि बिहीबारका लागि पार्टी केन्द्रीय समिति बैठक समेत बोलाइएको छ । बैठकले महाधिवेशनका सन्दर्भमा महत्वपूर्ण निर्णयहरु लिने बताइएको छ । 
नेपाली काँग्रेसको महाधिवेशन र पार्टीभित्रको रस्साकस्सीको यही समाचारसहित लोकान्तर डटकमको नियमित प्रस्तुती लोकान्तर राउण्ड अपमा पाठकहरुलाई स्वागत छ । 
अब समाचार संक्षेपः
भारतमा ४१ वर्ष जेल सजाय भोग्य बाध्य नेपाली दीपक जोशीलाई त्यहाँको अदालतले ५ लाख भारु (नेपाली ८ लाख रुपैयाँ) क्षतिपूर्ति दिन आदेश दिएको छ । दीपक सन् १९८० मा पक्राउ परेका थिए भने गतवर्षको चैतमामात्रै कोलकाता हाइकोर्टले निर्दोष सावित गरेपछि रिहा भएका थिए ।
००००
एमालेको दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठकमा स्थायी कमिटी र पोलिटब्यूरो  गठन, केन्द्रीय कमिटीमा मनोनयनलगायत १५ वटा कार्यसूची तय गरिएको छ ।
००००
भारतका ‘चिफ अफ डिफेन्स स्टाफ’ जनरल विपिन रावतको हेलिकोप्टर दुर्घटनामा निधन भएको छ । उनी सवार भारतीय वायु सेनाको एमआई १७ भी ५ हेलिकोप्टर बुधबार दिउँसो भारतको तमिलनाडुको कुन्नरमा दुर्घटना हुँदा रावतसहित १३ जनाको मृत्यु भएको हो । सुलुरस्थित सैन्य शिविरबाट वेलिङटनका लागि उडेको हेलिकप्टर दुर्घटना परेको थियो ।
००००
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस विरुद्धको खोप लगाएका व्यक्तिलाई खोपको थप मात्रा दिने भएको छ । राष्ट्रिय खोप सल्लाहाकार समितिको सिफारिसका आधारमा ६० वर्षभन्दा माथिका भेरोसेलको दुई मात्रा लगाएका ज्येष्ठ नागरिकलाई बुस्टर डोज दिइने भएको हो ।
००००
पछिल्लो २४ घण्टामा २८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार १७४ नमूना परीक्षणमध्ये २५५ पीसीआर र २५ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।
००००
काँग्रेस सांसद् अमरेशकुमार सिंह कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्। सर्लाही ४ बाट उनी पराजित भएका हुन् ।
००००
कांग्रेसको आसन्न १४ औं महाधिवेशनअन्तर्गत चुनावका लागि काँग्रेसको केन्द्रीय निर्वाचन समितिले कार्यतालिका प्रकाशन गरेको छ । जसअनुसार मंसिर २७ गते चुनाव हुनेछ । यस्तै आचारसंहिता पनि जारी भएको छ ।
 

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk
JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ १०, २०७८

वैदेशिक रोजगारीमा गएका एक व्यक्ति सुन तस्करको अपहरणमा परेको रहस्य ३ महिनापछि खुलेको छ ।  सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका– ५ का ३० वर्षीय रामेश्वर राम वैदेशिक रोजगारीमा गएर फर्किंदा काठमाडौ...

माघ १०, २०७८

आज मिति २०७८ साल मंसिर महिनाको १० गते सोमबार । बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमलाई ‘लोकान्तर राउण्ड अप’ मा समेटिएको छ  । स्थानीय तहको चुनाव वैशाखमै गर्नुपर्ने चौतर्फी दवाबलाई वेवास्ता गर्...

माघ ९, २०७८

पछिल्लो २४ घण्टामा ६ हजार ४६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ४३७ नमूना परीक्षणमध्ये ५५९८ पीसीआर र ८६४ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।  ...

माघ ९, २०७८

कैलालीमा कोरोनाविरुद्धको खोप लगाएर घर फर्किरहेका एक वृद्धको बाटोमै मृत्यु भएको छ । जिल्लाको कैलारी गाउँपालिका-४ का ५३ वर्षीय रामदास डंगौराको आइतवार मृत्यु भएको हो ।  वडा नम्बर ४ का वडाध्यक्ष भिखराम च...

माघ ९, २०७८

भिजिट भिसामा खाडी मुलुक र मलेसिया जान रोक लगाएको गृह मन्त्रालयले अब भने केही व्यक्तिहरूको हकमा प्रस्थान अनुमति दिने भएको छ ।  सरकारी निकायका प्रतिनिधि, अन्तर्राष्ट्रिय कारोबार गर्ने बैंकका तथा वित्तीय स...

माघ ९, २०७८

नेपालमा थप २८ जनामा कोरोना ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३२ नमूनाको जीन सिक्वेन्सिङ गर्दा सबै २८ वटामा ओमिक्रोन संक्रमण पुष्टि भएको हो । अन्य ४ वटा डेल्टा भ...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...