×
Bajaj Top
Khukuri
FONEPAY

हामी घरायसी प्रयोगमा पर्याप्त विद्युत् उपलब्ध गराउने स्थितिमा छौं : ऊर्जामन्त्री पम्फा भुसाल

काठमाडाैं | मंसिर २३, २०७८

NTC
TVS INSIDE

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सबै क्षेत्रमा विद्युतीय साधनको उपयोग गर्नुपर्ने बताएकी छन् ।

Sanima Bank
morang Auto yamaha

बिहीवार काठमाडौंमा आयोजित सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासंघ नेपालको छैटौं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै मन्त्री भुसालले विद्युतीय क्षेत्रको अग्रगमनका लागि ऊर्जाका सबै क्षेत्रमा जलविद्युत्को खपत बढाउनुपर्ने पनि बताइन् ।


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

उनले सरकारले अघि बढाएका नीतिका कारण निजी उत्पादकले समेत विद्युत् उत्पादन गर्न पाउने अवसरले अब घरायसी प्रयोगमा पर्याप्त विद्युत् उपलब्ध गराउने स्थितिमा पुगेको बताइन् । मन्त्री भुसालले जनतामा २ वर्षभित्रै विद्युतीकरण गर्ने सरकारको नीति रहेको भन्दै यसमा सामुदायिक विद्युत् उपभोक्ता महासंघले सहयोग गर्नेमा विश्वस्त रहेको बताइन् ।

उनले महासंघको नेतृत्वले सबै क्षेत्रमा जलविद्युत उत्पादन गर्ने अभियानलाई अघि बढाउन सहयोग गर्ने बताइन् । मन्त्री भुसालले उपभोक्ता महासंघले अब नयाँपन र औचित्यतामा केन्द्रित भएर धेरै विद्युत् खपत गराउने र सबै ऊर्जामा विद्युतीय ऊर्जा उपयोग गर्ने अभियानका रूपमा रूपान्तरण गर्दै लैजानुपर्ने बताइन् ।

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

मन्त्री भुसालले भनिन्, ‘सरकारले अघि बढाएका नीतिका कारण निजी उत्पादकले समेत विद्युत् उत्पादन गर्न पाउने अवसरले हामी अब घरायसी प्रयोगमा पर्याप्त विद्युत् उपलब्ध गराउने स्थितिमा छौं । अहिले एकातिर हामी आमजनतामा २ वर्षभित्रै विद्युतीकरण गर्ने सरकारको नीति छ । त्यसमा सामुदायिक विद्युत् उपभोक्ता महासंघ पनि सहयोगी नै हुनेछ । जहाँ केन्द्रिय प्रसारण लाइन पुग्ने छैन, त्यहाँ सामुदायिक विद्युत् उपभोक्ता महासंघमार्फन् त्यो अभियान पूरा गर्नेछौं । अब फेरि हामी नयाँ ठाउँमा आएका छौं । यो अधिवेशनले त्यो कुरालाई आफ्नो नीति कुरामा ध्यानमा राखोस् । अब हामी ऊर्जाका सबै क्षेत्रमा जलविद्युत् उत्पादन गर्ने अभियानलाई अघि बढाउनुपर्छ । यो उपभोक्ता महासंघको अब नयाँपन र औचित्यता बढीभन्दा बढी विद्युत् खपत गराउने र सबै ऊर्जामा विद्युतीय ऊर्जा उपयोग गर्ने अभियानका रूपमा यसले आफूलाई रूपान्तरण गरोस् । एउटा बेलाको एउटा आवश्यक्ता पूरा गरेर हामीले सधैं त्यसैमा रहन सक्यौं भने हामी राम्रो स्तरमा हुन्छौं । अहिलेको विद्युत्को कुरा गर्दा अग्रगमन भनेको ऊर्जाका सबै चाहे घरेलु होस्, चाहे उद्योग होस् । चाहे कृषि वा सिँचाइ होस् । वा यातायातमा होस् । सबै ठाउँमा विद्युतीय साधनहरू र विद्युत्को खपत गर्ने कुरालाई अभियानको रूपमा यहाँहरूले बढाउनुहुनेछ । सरकार, नेपाल विद्युत् प्राधिकरण, सामुदायिक विद्युत् उपभोक्ता महासंघसित साझेदारी, सहकार्य गरेर जानेछ र त्यसमा के–के सामञ्जस्यता, सहुलियतहरू बढाएर त्यो अभियानको निम्ति जानुपर्छ । मन्त्रालय, सरकार र प्राधिकरण सकारात्मक रहेको विश्वास दिन चाहन्छु ।’
 

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ १०, २०७८

नेकपा एमालेका नेता भीम रावलले राजधानी काठमाडौंमै सिटामोलको अभाव रहेको बताएका छन् ।  सामाजिक सञ्जाल ट्विटरमा लेख्दै नेता रावलले सिटामोल अभाव हुनुको कारण समेत खोजेका छन् । नेता रावलले लेखेका छन्...

माघ १०, २०७८

महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थीले बझाङको बित्थडचिर गाउँपालिका–८ का वडाध्यक्ष जयबहादुर मल्लमाथि कालोमोसो दलेका छन् । ‘भ्रष्टाचार...

माघ १०, २०७८

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले पार्टी महासचिवमा आफ्नो दाबी स्वभाविक भएको बताएका छन् । चीनमा स्वास्थ्योपचार गरी स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले आफू पहिले...

माघ १०, २०७८

नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धनमा लतारिएका र त्यसले कांग्रेसलाई घाटा गर्ने निष्कर्ष निकालेको छ । आगामी निर्वाचनको सन्दर्भमा पार्टीको आधिकारिक ध...

माघ १०, २०७८

नेपाली कांग्रेसको शेखर कोइराला समूहले आगामी वैशाखमै स्थानीय तहको निर्वाचन हुनुपर्ने निष्कर्ष निकालेको छ । आगामी निर्वाचनको सन्दर्भमा आफ्नो समूहको साझा धारणा बनाउनका लागि डा. कोइरालाले सोमबार आफू निकट नेताहरु...

माघ १०, २०७८

कर्णाली प्रदेशलाई तुलनात्मक रूपमा गरीब प्रदेश मानिन्छ तर त्यहाँका मुख्यमन्त्री जीवनबहादुर शाहीका काठमाडौंदेखि ठाउँठाउँमा घरघडेरी रहेका छन् । मुख्यमन्त्री शाहीले भ्रष्टाचार निवारण ऐनअनुसार सार्वजनिक गरेको सम्पत्ति...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...