×
Bajaj Top
Khukuri
Dataz
FONEPAY

बेलायतका प्रधानमन्त्री परे नयाँ विवादमा, जनता मरिरहँदा अधिकारीहरूले पार्टी गरेको खुलासा

काठमाडाैं | मंसिर २३, २०७८

NTC
TVS INSIDE

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले अहिलेसम्मको कार्यकालमा अनेकौं विवादको सामना गरेका छन् । 

Sanima Bank
morang Auto yamaha

तर पछिल्लो विवाद निकै गम्भीर छ । 


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

पोहोर सालको क्रिसमस आउनुअघि प्रधानमन्त्री कार्यालय १० डाउनिङ स्ट्रीटमा अधिकारीहरूले जमघट गरी रमाइलो गरेको दाबीका कारण जोनसन विवादमा परेका छन् । त्यस समयमा कोरोनाभाइरस रोक्नका लागि विभिन्न प्रतिबन्ध लगाइएकाले यस्ता गतिविधि गर्ने छुट कसैलाई पनि थिएन । 

आईटीभी न्युजमा मंगलवार उक्त पार्टीको भिडियो सार्वजनिक भएपछि विवाद झनै चर्केको हो । त्यसमा अधिकारीहरूले प्रेस ब्रीफिङमा के बोल्ने भन्ने विषयमा मजाक गरेका थिए । 

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

तर डाउनिङ स्ट्रीटले क्रिसमस पार्टी आयोजना नगरेको र कोरोनाभाइरस नियम पालन गरिएको दाबी गरेको छ । यस विषयमा छानबिन गर्नका लागि जोनसनले एक समितिको घोषणा बुधवार गरेका छन् । 

प्रधानमन्त्रीकी पूर्व प्रवक्ता अलेग्रा स्ट्राटनले सल्लाहकारको पदबाट राजीनामा दिएकी छन् । 

सन् २०२० को नोभेम्बर २७ र डिसेम्बर १८ मा जमघट गरिएको पाइएको छ । पहिलो जमघटमा जोनसनले भाषण समेत दिएको पाइयो । अनि दोस्रो जमघटमा गोप्य उपहारहरू आदानप्रदान गरिएको भेटियो । 

बेलायत सरकारले कोरोनाभाइरस नियन्त्रणका लागि थप कडा उपाय अपनाउन खोजेको बेलामा यो घटना सार्वजनिक भएको हो । प्लान बी नाम दिएर जोनसनले ओमिक्रोन केसहरू बढिरहेकाले गर्दा नियन्त्रण थप कसिने घोषणा बुधवार गरेका छन् । 

जनतालाई कठोर नियन्त्रण लगाउने अनि सरकारी अधिकारीहरू चाहिँ कार्यालयमा मोजमज्जा गर्ने भन्दै आक्रोश व्यक्त गरिएको छ । 

अधिकारीहरूले चाहिँ जानीजानी पार्टी गर्ने उद्देश्यले नै जमघट नगरेको बरू दिनको १८ घन्टा काम गर्दा थाकेपछि ताजा हुनका लागि रमाइलो गरेको बताएका छन् । 

जोनसन सरकारलाई अप्ठ्यारो पार्ने गरी कसले यो गोप्य भिडियो लीक गरायो भनेर समेत प्रश्न उठाउन थालिएको छ ।

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ १०, २०७८

अफ्रिकी मुलुक बुर्किनो फासोमा सेनाले कू गरी राष्ट्रपति रोख मार्क क्रिस्चियन काबोरलाई नियन्त्रणमा लिएको छ ।  आइतवार राति उनको निवास नजिक गोलीकाण्डपछि उनलाई नियन्त्रणमा लिइएको हो ।  विभिन्न ब्यारेक...

माघ १०, २०७८

भारतको उत्तर प्रदेशमा हुन लागेको विधानसभा चुनावअघि राजनीतिक खिचातानी तीव्र भएको छ ।  मुख्य प्रतिस्पर्धी दल सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) र समाजवादी पार्टी (सपा) आरोप–प्रत्यारोपमा उत्रिएका छन्...

माघ १०, २०७८

संयुक्त अरब अमिरात (यूएई) को राजधानी अबु धाबीमा सोमवार प्रहार गरिएका दुई ब्यालिस्टिक क्षेप्यास्त्रलाई बीचैमा रोकिएको त्यहाँको सरकारले दाबी गरेको छ ।  यमनमा सक्रिय हूती विद्रोही लडाकूहरूका एक प्रवक्ताले ...

माघ १०, २०७८

अन्तर्राष्ट्रिय समुदायले व्यापक उपायहरू अपनाएमा सन् २०२२ मा कोरोनाभाइरस महामारीको अन्त्य गर्न सकिने विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले सोमबार बताएका छन् । "डब्लुएचओले प्र...

माघ १०, २०७८

चीनका ३९ वटा लडाकू विमान ताइवानको एयर डिफेन्स आइडेन्टिफिकेसन जोन पुगेपछि ताइवानी सेनाले लडाकू विमान र एयर डिफेन्स मिसाइल पठाएको छ ।  चिनियाँ विमानहरूको गतिविधि निरीक्षण गर्नका लागि आफूले सैन्य स्र...

माघ १०, २०७८

दक्षिण एसियामा भारत र पाकिस्तानको द्वन्द्व र विवाद विश्वभर चर्चाको विषय बन्छ तर भारतमा मन्त्री नियुक्तिका लागि पाकिस्तानका प्रधानमन्त्रीले सिफारिस गरेको कुरा पत्याउनुहुन्छ ? भारतको पञ्जाब राज्यका पूर्व मुख्यमन्त्री तथ...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...