×
Bajaj Top
Khukuri
Dataz
FONEPAY

सन्दर्भ : कांग्रेस महाधिवेशन

तिक्ततापूर्ण सम्बन्ध रहेका कम्युनिस्ट नेता ओली, प्रचण्ड र माधवले कांग्रेसको मञ्च शेयर गर्ने

काठमाडाैं | मंसिर २३, २०७८

NTC
TVS INSIDE

एउटै पार्टी विभक्त भएर तीन टुक्रा भएपछि एक अर्काको अस्तित्व नै अस्वीकार गर्ने अवस्थामा पुगेका तीन कम्युनिष्ट पार्टीका नेताको भेट कांग्रेसको मञ्चमा हुने भएको छ ।

Sanima Bank
morang Auto yamaha

कांग्रेसले शुक्रबार दिउँसो १ बजे काठमाडौंको भृकुटीमण्डपमा १४ औं महाधिवेशन उद्घाटन गर्दैछ । सोही उद्घाटन समारोहमा शुभकामना मन्तव्य दिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष  माधवकुमार नेपाल एउटै मञ्चमा उपस्थित हुने भएका हुन् ।


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

कांग्रेस केन्द्रीय कार्यालयले दिएको जानकारीअनुसार यी तीनै जना नेताले कार्यक्रममा आउने निश्चित गरेका छन् । 

नेकपा एमाले र माओवादी केन्द्रको एकीकरणपछि नेपाल कम्युनिष्ट पार्टी बनेको थियो । उक्त नेकपा २०७७ फागुन २३ मा सर्वोच्च अदालतको फैसलासँगै पूर्ववत् एमाले र माओवादी केन्द्रमा फर्किए । 

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

त्यसपछि एमाले पनि सग्लो रहेन । एमालेका तत्कालीन वरिष्ठ नेता माधव नेपाल गत भदौमा नयाँ पार्टी दर्ता गरेर एमालेबाट विभाजित भए । 

ओली र प्रचण्ड गत पुस ५ यता आमनेसामुन्ने भएका छैनन् । उनीहरू सार्वजनिक मञ्चमा एक अर्काविरूद्ध खनिने गरेका छन् । एकले अर्काको उछितो काढ्छन् । एकले अर्को पार्टीको अस्तित्व नै अस्वीकार गर्ने तहको व्यवहार गर्दै आएका छन् । 

नेकपा एमाले अध्यक्ष ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको देखभेट नभएको पनि करीब साढे चार महिना भयो । एमालेको आन्तरिक विवाद समाधान गर्नका लागि भनेर असार २३ मा होटल मेरियटमा ओली र नेपालको लामो संवाद भएको थियो । त्यसयता उनीहरू आमुन्ने सामुन्ने भएका छैनन् ।

नेपालले एमालेबाट छुट्टिएर नयाँ पार्टी दर्ता गरेका छन् । नेपाललाई ओलीले देशद्रोही, आन्दोलनविरोधी आदि आरोप लगाएका छन् । त्यतिमात्रै होइन, माधव नेपालहरू सहभागी भएको संसद् बैठक समेत चल्न नदिने घोषणा ओलीले गरेका छन् । 

उनीहरूबीच देशव्यापी रूपमा तिक्तता र आक्रोश छ । अर्कातर्फ, एकले अर्काको कार्यकर्ता तानातान गरिरहेका छन् । ओलीले त माधव नेपाल र उनको पार्टीविरूद्ध सर्वोच्च अदालतमा मुद्दा नै दर्ता गरेका छन् ।

नेकपा एमालेले मंसिर १० देखि १४ सम्म आयोजना गरेको दशौं राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा माधव नेपाल र उनको पार्टीलाई निमन्त्रणा समेत दिएन । 

‘अपवित्र सम्बन्ध’बाट बनेको र राजनीति पार्टीको हैसियत नै नभएको टिप्पणी गरेर निमन्त्रणा नदिएको एमालेका नेताहरूले बताएका थिए । 

एमालेले महाधिवेशनको उद्घाटन समारोहमा अन्य पार्टीका शीर्ष नेतालाई भने बोलाएर बोल्न दिएको थियो ।

प्रचण्ड र नेपाल ओलीसँग छुट्टिएपछि उनीहरूले कांग्रेससँग मिलेर गठबन्धन बनाएका छन् । त्यसमा जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा पनि संलग्न छ । 

सत्ता सहयात्री दलको महाधिवेशन भएका कारण प्रचण्ड, नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी पनि कांग्रेसको महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुने भएका छन् ।

तर, ओलीसँग प्रचण्ड र नेपालले तिक्ततापूर्ण सम्बन्धको अवस्थामा उनीहरूले नै ‘दक्षिणपन्थी धार’को भनेर आरोप लगाउने कांग्रेसको मञ्च शेयर गरेर के भाषण गर्लान् भन्ने राजनीतिक वृत्तमा चासोपूर्वक हेरिएको छ । 

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ ९, २०७८

भिजिट भिसामा खाडी मुलुक र मलेसिया जान रोक लगाएको गृह मन्त्रालयले अब भने केही व्यक्तिहरूको हकमा प्रस्थान अनुमति दिने भएको छ ।  सरकारी निकायका प्रतिनिधि, अन्तर्राष्ट्रिय कारोबार गर्ने बैंकका तथा वित्तीय स...

माघ ९, २०७८

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै तीन हजार ७९१ संक्रमित थपिएका छन् ।  स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा २८६८, ललितपुर ६०२ र भक्तपुरमा ३२१ जनामा संक्रमण पुष्टि भएको हो ।  औसत संक्र...

माघ १०, २०७८

वैदेशिक रोजगारीमा गएका एक व्यक्ति सुन तस्करको अपहरणमा परेको रहस्य ३ महिनापछि खुलेको छ ।  सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका– ५ का ३० वर्षीय रामेश्वर राम वैदेशिक रोजगारीमा गएर फर्किंदा काठमाडौ...

माघ १०, २०७८

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले आफूलाई उपचारका लागि चीन लगेकोपछि मात्रै थाहा भएको बताएका छन् । ‘असोजको दोस्रो हप्तातिर मेरो स्वास्थ्यमा बंशाणुगत जन्डिससम्बन्धी पुरानै समस्या आएपछि बैंकक गएको थिए...

माघ ९, २०७८

नेपालमा थप २८ जनामा कोरोना ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३२ नमूनाको जीन सिक्वेन्सिङ गर्दा सबै २८ वटामा ओमिक्रोन संक्रमण पुष्टि भएको हो । अन्य ४ वटा डेल्टा भ...

माघ ९, २०७८

पछिल्लो २४ घण्टामा ६ हजार ४६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ४३७ नमूना परीक्षणमध्ये ५५९८ पीसीआर र ८६४ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।  ...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...