×

X
Dabur
Nic Asia
Marvel

मोदीलाई राष्ट्रिय स्तरमा चुनौती दिने ममता बनर्जीको धोको, मृगतृष्णा कि यथार्थ ?

काठमाडाैं | मंसिर २३, २०७८

TVS INSIDE

भारतको पश्चिम बंगाल राज्यकी मुख्यमन्त्री ममता बनर्जीले आगामी आमनिर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई चुनौती दिने योजना बनाएकी छन् । 

IME BANK INNEWS
morang Auto yamaha

प्रमुख विपक्षी दल कांग्रेस एकदमै कमजोर भइरहेको बेलामा आफ्नो तृणमूल कांग्रेसले चमत्कार गर्न सक्ने आशा ममताले लिएकी छन् । राहुल गान्धीको अकर्मण्यता र पूर्णकालिक राजनीतिमा अरुचिका कारण विपक्षी गठबन्धनको नेतृत्व लिने सम्भावना छैन । त्यसैले कांग्रेसको विकल्प बनेर मोदीलाई चुनौती दिने सपना ममताले पालिरहेकी छन् । 


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

तीनपटक पश्चिम बंगालको विधानसभा निर्वाचन जितेकाले ममतामा आत्मविश्वास भरिएको छ । 

गत जुलाई महिनामा दिल्ली आउँदा ममताले विपक्षी दलहरूसँग सन्धिको प्रस्ताव ल्याएकी थिइन् । उनले विपक्षी गठबन्धनको अध्यक्ष वा संयोजकको पद आशा गरेकी थिइन् तर राहुल गान्धीका कारण उनलाई प्रस्ताव राख्न हिचकिचाहट भयो । 

Vianet communication
Maruti inside

उनी कोलकाता गएपछि नयाँ रणनीतिमा विचार गर्न थालिन् । भाजपासँग लडिरहेकी ममता अब कांग्रेससँग लड्दैछिन् । 

आफ्नो बाटोको अवरोधक कांग्रेस अझ त्यसमा पनि गान्धी परिवार भएको सोच ममतामा आएको देखिन्छ । त्यसैले उनले गान्धी परिवारविरुद्ध आक्रमणको मोर्चा खोल्न थालेकी छन् । 

गान्धी परिवारलाई पन्छाएमा ममतालाई विपक्षी गठबन्धनको सर्वस्वीकार्य नेता बन्न कसैले रोक्न नसक्ने मन्त्र ममतालाई चुनावी रणनीतिकार प्रशान्त किशोरले दिएका छन् । 

ममताले शरद पवार र उद्धव ठाकरेसँग पनि यसबीचमा कुराकानी गरेकी छन् । आफ्ना राजनीतिक गुरुलाई धोका दिने शरद पवारलाई विश्वास गर्नु ममताको भूल हुन सक्छ । 

उद्धव ठाकरेले आफ्ना पिता र पार्टीका संस्थापक बालासाहेब ठाकरेका सिद्धान्तलाई तिलाञ्जलि दिएर सत्ता पाएका हुन् । बाल ठाकरेले परिवारको कुनै पनि व्यक्ति सरकारमा नजाओस् भन्ने चाहना राख्थे । हिन्दूत्व मात्र उनको आधार थियो । उद्धवले यी दुवै कुरा छोड्न कुनै संकोच मानेनन् । 

विपक्षी एकता मृगतृष्णा हो जसको पछि लाग्दा नेता र पार्टीहरूको सत्यानाश भएको छ । सन् १९८९ देखि २०१४ सम्म केन्द्रमा गठबन्धनको राजनीतिले देशलाई गिजोलेको थियो । 

कांग्रेसले एकछत्र राज चलाइरहेकोमा सन् १९८९ पछि उसको क्रमशः पतन हुँदै गएको बेलामा विपक्षी एकता सफल भएको थियो । तर पतनोन्मुख कांग्रेसविरुद्ध दलहरू जुटाउन जति सजिलो थियो, झन् झन् बलियो बन्दै गएको भाजपाविरुद्ध विपक्षी एकजुटता कठिन छ भन्ने कुरा ममताले बुझ्न सकेकी छैनन् । 

भाजपा ६ दशकको संघर्षको बलबुतामा अहिलेको स्थानमा आइपुगेको हो । राष्ट्रिय स्वयंसेवक संघ र भाजपा दुवैले यसका लागि कठोर मेहनत गरेका छन् । आफ्नो विचारधारामा अडिग रही उनीहरूले सबै किसिमका चुनौती सहेका छन् । 

ममताको खल्तीमा रहेको तृणमूल कांग्रेसले उनीहरूको सामना गर्न सक्दैन । जित्ने त परको कुरा भयो । 

अहिले विपक्षी दलहरूमा कांग्रेसको मात्र राष्ट्रिय जनाधार छ । बाँकी दलहरूको प्रभाव आफ्नो प्रदेशभन्दा बाहिर छैन । 

ममताले पश्चिम बंगालबाहिर कुनै पनि दलको जनाधारमा एक भोट पनि बढाउने क्षमता राख्दिनन् । अन्य दल छोडेर आएका नेताहरूको बलबुतामा तृणमूललाई राष्ट्रिय पार्टी बनाउने ममताको इच्छा पूरा हुन लगभग असम्भव छ ।

जागरणमा प्रकाशित प्रदीप सिंहको विश्लेषण
 

TATA Below
NLIC
साउन २४, २०७९

जोर्डनबाट हतियार तस्करी गर्न भएको प्रयासलाई इजरायली सेनाले असफल पारेको छ । नेगेभबाट हुनलागेको हतियार तस्करी मंगलवार विफल पारिएको इजरायली सेनाले बताएको हो ।    ८ वटा बन्दुकसहित ५ जनालाई पक्र...

साउन २५, २०७९

चीनको एफएच–९५ सशस्त्र ड्रोनले हालै सफल परीक्षण गरेको चीन सरकारको मुखपत्र ग्लोबल टाइम्सले खबर दिएको छ ।  यसले देशको विद्युतीय युद्धक्षमतामा नयाँ आयाम थप्ने ग्लोबल टाइम्स लेख्छ । बेइजिङबाट प्रकाशित...

साउन २५, २०७९

म्यान्मारमा मानवताविरुद्धका अपराधमा अकल्पनीय वृद्धि भएको पाइएको छ ।  व्यवस्थित रूपमा भइरहेको त्यस्ता अपराधले महिला र बालबालिकालाई गम्भीर असर पारेको प्रतिवेदनमा उल्लेख छ । म्यान्माको स्वतन्त्र अनुसन्धान संयन्त्...

साउन २५, २०७९

भारतको बिहारको राजनीतिमा लालूप्रसाद यादव चर्चित नाम हो । विभिन्न घोटालामा मुछिएर लालू जेल परेपछि छोरा तेजस्वी यादवले पार्टी सम्हालेका छन् । जेडीयू नेता नितीश कुमारसँग टक्कर परेपछि आरजेडी नेता यादव सत्ता ...

साउन २५, २०७९

अमेरिकाले रुसमाथि आर्थिक प्रतिबन्ध लगाएको भए पनि चीन–रुस व्यापार थप उचाइमा पुगिरहेको छ ।  चीनबाट रुसतर्फ जाने सामानको निर्यात आकासिएको छ । अमेरिकी प्रतिबन्धका कारण पश्चिमी ब्रान्डहरू रुसबाट निस्क...

साउन २४, २०७९

भारतको बिहारमा मुख्यमन्त्री नितीश कुमारले भारतीय जनता पार्टी (भाजपा) लाई धक्का दिएका छन् । सन् २०२० देखि भाजपासँगै सत्ता सहयात्रा गरिरहेका जेडीयू नेता नितीशले पासा पल्टाउँदै आरजेडीसँग हात मिलाएका भारतीय स...

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

साउन २३, २०७९

नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...

'कुकुर्नी कमिनीको बकपत्र'

'कुकुर्नी कमिनीको बकपत्र'

साउन २२, २०७९

थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...

राजनीतिसँगका जनअपेक्षा– अवस्था बदल्ने कि नेता ?

राजनीतिसँगका जनअपेक्षा– अवस्था बदल्ने कि नेता ?

साउन २२, २०७९

राजनीति एउटा त्यस्तो विशेष नीति, दर्शन वा मार्गचित्र हो जसका माध्यमबाट नागरिक जीवनलाई सुखद्, सहज र प्रतिष्ठापूर्ण बनाउन सकिन्छ । यो कठोर साधना पनि हो । राजनीतिले सार्वजनिक जीवनलाई सदैव उच्च महत्त्व दिन्छ र आफ्नो घो...

ad
x