×
Bajaj Top
Khukuri
Dataz
FONEPAY

नगर कप फूटबल प्रतियोगिता मंसिर २८ गतेदेखि

पाँचथर | मंसिर २३, २०७८

NTC
TVS INSIDE

पाँचथरको फिदिम नगरपालिका–७ रानीटारमा मंसिर २८ गतेबाट नगर कप फूटबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।

Sanima Bank
morang Auto yamaha

स्वतन्त्र क्लब रानीटारले आयोजना गरेको प्रतियोगिता आगामी पुस ३ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

प्रत्येक वर्ष आयोजना हुने प्रतियोगितामा छिमेकी मुलुक भारतको १ सहित ८ वटा टोलीले प्रतिस्पर्धा गर्ने स्वतन्त्र क्लब रानीटारले जनाएको छ ।

प्रतियोगिता फिदिम–७ स्थित बराजु खेलमैदानमा सञ्चालन हुनेछ । 

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

प्रतियोगिताको यो तेस्रो संस्करण हो । यस वर्षको प्रतियोगितामा भारतको पाण्डा स्पोर्टिङ क्लब सिक्किमसहित चर्च ब्वाइज क्लब काठमाडौं, कर्णसिंह सोनाम स्मृति क्लब ताप्लेजुङ, योङ ब्वाइज फूटबल क्लब इलाम, अलइनवान सैनिक क्लब झापा, रेड स्टार फुटबल क्लब विर्तामोडले सहभागिता जनाउने निश्चित भएको क्लबका अध्यक्ष बलबहादुर गुरुङले जानकारी दिए ।

प्रतियोगिताको बिजेता समूहले १ लाख ५० हजार रुपैयाँ पुरस्कारसहित ट्रफी र मेडल प्राप्त गर्नेछ । उपविजेता समूहले ८० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट मिडफिल्डरलाई नगद पुरस्कारले पुरस्कृत गर्नेेछन् भने प्रत्येक खेलमा उत्कृष्ट खेलाडी घोषणा गरी पुरस्कृत गरिने आयोजक क्लबले जनाएको छ । 

आगामी पुस १ र २ गते भने २/२ वटा खेल सञ्चालन हुने आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनल खेल पुस ३ गते हुनेछ । प्रतियोगिताको सहआयोजकमा रानीटार युनाइटेड क्लब र प्रवद्र्धकमा फिदिम नगरपालिका रहेका छन् ।
 

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ ७, २०७८

नेपाल आर्मी र सुदूरपश्चिम प्रदेश चौथो सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगितामा शुक्रवार फाइनलमा प्रवेश गरेका छन् । नेपाल हक्की संघद्वारा आयोजित प्रतियोगिताको पहिलो सेमिफाइनलमा साविक विजेता आर्मील...

माघ १०, २०७८

प्रधानमन्त्री कप राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगितापछि नेपाली क्रिकेट टोली ग्लोबल छनोटलाई लक्षित गर्दै प्रशिक्षणमा फर्किएको छ ।  आईसीसी पुरुष टी–२० विश्वकपको ग्लोबल छनोटको तयारीमा रहेको टो...

माघ १०, २०७८

आहा–रारा गोल्डकपमा आज मछिन्द्र क्लब र सङ्कटा क्लबबीच प्रतिस्पर्धा हुँदै छ। ए डिभिजन लिग च्याम्पियन बनेको मछिन्द्र र आहा–रारा गोल्डकपको डिफेन्डिङ च्याम्पियन सङ्कटा क्लबबीच सोमवार दिउँसो साढे दुई बजे पोख...

माघ ९, २०७८

इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको अक्सनका लागि नेपालका १५ खेलाडीले नाम दर्ता गराएका छन् । आईपीएलले शनिवार सार्वजनिक गरेको अक्सनमा सहभागी खेलाडीको सूचीमा नेपालका १५ खेलाडीले दर्ता गरेको जन...

माघ ७, २०७८

सुर्खेत जिल्ला क्रिकेट संघको चुनावी साधारण सभाले श्रीधर केसीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । वीरेन्द्रनगरमा बिहीवार सम्पन्न साधारण सभाले केसीको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो । ...

माघ ९, २०७८

माघ १५ बाट हुने भनिएको राष्ट्रिय महिला लिगका खेलहरू स्थगित भएका छन् ।  कोरोना महामारीका कारण लिगका खेलहरू स्थगित भएका हुन् ।  अखिल नेपाल फुटबल संघ (एन्फा) ले एक सूचना प्रकाशित गर्दै महिला लि...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...