×
Bajaj Top
Khukuri
Dataz
FONEPAY

वैज्ञानिक खोज अनुसन्धानसम्बन्धी अन्तर्राष्ट्रिय पाठशाला सञ्चालन

काठमाडाैं | पुस ८, २०७८

NTC
TVS INSIDE

भक्तपुरमा वैज्ञानिक खोज अनुसन्धानसम्बन्धी ११ दिने अन्तर्राष्ट्रिय पाठशाला (कार्यशाला) सञ्चालन भइरहेको छ । भक्तपुरको लिवालीस्थित ख्वप इन्जिनियरिङ कलेजमा तेस्रो नेपाल हिउँदे पाठशाला सञ्चालन भइरहेको हो । ख्वप इन्जिनियरिङ कलेजको व्यवस्थापन र नामी नामक वैज्ञानिक खोज अनुसन्धान गर्ने संस्थाको आयोजनामा पाठशाला सञ्चालन भइरहेको हो ।

Sanima Bank
morang Auto yamaha

पाठशालामा देशी विदेशी १२० प्रशिक्षार्थी सहभागी छन् । उनीहरु न्यूनतम स्नातक उत्तीर्णदेखि पीएचडीसम्मका छन् । उनीहरुलाई विश्वका विभिन्न देशका ३० वैज्ञानिकले प्रशिक्षण दिइरहेका छन् । गत मङ्गलबारदेखि सुरु भएको पाठशाला यही पुस १६ गते सम्पन्न हुनेछ । प्रत्येक दिन बिहानदेखि बेलुकीसम्म ११ दिनसम्म प्रशिक्षण दिइने जनाइएको छ । 


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

आयोजक संस्था नामीका इन्जिनियर श्रेयासा पौडेलले संस्थाले वर्षमा एक पटक यस्तो पाठशाला चलाउँदै आएको जानकारी दिए । उनका अनुसार यो तेस्रो वर्षको तेस्रो पाठशाला हो । यस पाठशालामा विश्वका विभिन्न वैज्ञानिकले सहभागीलाई वैज्ञानिक खोज अनुसन्धानसम्बन्धी जानकारी दिई त्यसका लागि सहयोग गर्ने ई पौडेलले जानकारी दिए । वैज्ञानिक खोज अनुसन्धानमा लाग्ने व्यक्ति तथा संस्थालाई सहयोग गर्न यस्तो पाठशाला चलाउँदै आएको उनले बताए । 

ख्वप इन्जिनियरिङ कलेजका ई उपप्राचार्य रवीन्द्र फोंजूले विकशित देशहरुसँगै विकासन्मुख देशहरु पनि वैज्ञानिक खोज अनुसन्धानमा अगाडि बढाउन यस्तो कार्यक्रम गरिएको जानकारी दिए । कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स) नाम दिइएको यो पाठशालामा नयाँ नयाँ अनुसन्धानबारे शोधपत्र निकालिने छ । आयोजक नामी संस्थाका अनुसन्धानकर्ता दण्डपानी पौडेलले कृत्रिम बौद्धिकतालाई पाठशालामा सही ढङ्गले उपयोग गर्ने विषयमा छलफल चलाइने बताए। 

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

रेडक्रस भक्तपुरमा पुनः थापा

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरको सभापतिमा पुनः मनोजकुमार थापा निर्वाचित भएका छन्। रेडक्रस भक्तपुरको १६ औँ जिल्ला अधिवेशनले पुनः थापालाई निर्विरोध निर्वाचित गरेको हो ।

त्यस्तै महिला उपसभापतिमा कृष्णेश्वरी हाडा, मन्त्रीमा परशुराम पाण्डे, उपमन्त्रीमा नारायणसुन्दर किलम्बू, महिला सदस्यमा लक्ष्मी अवाल, निर्मला खड्का र सुभद्रा काफ्ले निर्विरोध निर्वाचित भएका छन् । 

अधिवेशनमा उपसभापतिसहित केही पदाधिकारी र सदस्यमा निर्वाचन भएको थियो । निर्वाचनबाट उपसभापतिमा राकेश थापा, कोषाध्यक्षमा प्रदीप केसी र उपकोषाध्यक्षमा सूर्यबहादुर खाइतु निर्वाचित भए । त्यस्तै सदस्यमा लबकुमार कार्की, तुइलाल श्रेष्ठ, जनकप्रसाद न्यौपाने, सोमप्रसाद प्रधान, यज्ञ विक्रम थापा र किरण पौड्याल निर्वाचित भएका छन् । 
 

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ ८, २०७८

जिल्ला प्रशासन कार्यालय सुर्खेतले सेवाग्राहीको अत्यधिक भीड बढेपछि सेवा प्रवाहलाई सहज बनाउन आइतबारदेखि ‘बार’ प्रणाली लागू गर्ने भएको छ । कार्यालयमा भीडभाड देखिएको र कोभिड–१९ को नयाँ भेरियन्टक...

माघ ९, २०७८

कर्मचारीलाई कोभिड सङ्क्रमण पुष्टि भएपछि मालपोत कार्यालय बागलुङको सेवा बन्द गरिएको छ । कार्यालयका चार कर्मचारीमा कोरोना पुष्टि भएको र अन्य कर्मचारीमा समेत कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिएपछि कार्यालयको अत्यावश्यकब...

माघ ९, २०७८

मेची प्रादेशिक अस्पताल भद्रपुरमा ११० सिलिन्डर क्षमताको अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ । नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले आज एक कार्यक्रमबीच उद्घाटन गरेसँगै उक्त अक्सिजन प्लान्ट सञ्चालनमा आएको हो । नेपाल ...

माघ ९, २०७८

चिकित्सक र स्वास्थ्यकर्मी कोरोना भाइरस सङ्क्रमित भएपछि म्याग्दीको सदरमुकामस्थित बेनी अस्पतालको सेवा प्रभावित भएको छ । चिकित्सक र स्वास्थ्यकर्मी कोरोना भाइरसबाट सङ्क्रमित भएको अस्पतालमा भिड व्यवस्थापन गर्न आइतबारदेखि माघ ...

माघ ९, २०७८

म्याग्दीको बेनी नगरपालिका–२ हाँडेभिरमा सडक र मोटरेबल पुल अतिक्रमण गरी टहरा बनाएर सटर भाडामा लगाइएको छ । सडक र पुलको क्षेत्राधिकार अतिक्रमण गरेर निर्माण भएको टहरा हटाउन नगरपालिकाले दिएको निर्देशन पालन...

माघ ९, २०७८

महानगरीय प्रहरी वृत्त थानकोट र थानकोट जेसिजको संयुक्त आयोजनामा ‘सप्ताहव्यापी निःशुल्क मास्क वितरण तथा जनचेतनामूलक कार्यक्रम’ शुभारम्भ गरिएको छ ।थानकोट प्रहरीले ‘समुदाय–प्रहरी साझेदारी क...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...