जेठ ९, २०७९
प्रहरीले खैरो हेरोइनसहित एक भारतीय नागरिकसहित ६ जनालाई पक्राउ गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले २४६ ग्राम खैरो हिरोइनसहित भक्तपुरका २७ वर्षीय विवेक त्चायना, ताप्लेजुङका ३४ वर्षीय कर्णबहादुर सेलिङ...
बुटवल | पुस १२, २०७८
दाङको घोराही कारागारबाट कैदी भागेको घटनाले तरंग ल्याएको छ ।
जेलको सुरक्षामा खटिएका सुरक्षाकर्मीले उपचार गर्ने नाममा जन्मकैद सजाय भोग्दै आएका दाङको राजपुर गाउँपालिका–३ का ३२ वर्षीय यमराज परियारलाई गत हप्ता भगाएको पुष्टि भएको छ ।
छालाको उपचार गर्न भनेर कारागारका नाइके समेत रहेका कैदी परियारलाई प्रहरी जवान धनबहादुर चौधरीले लु३४प ४१० नम्बरको मोटरसाइकलमा लिएर गएका थिए । कैदी भगाउनमा जेलर युवराज परियारको समेत संलग्न रहेको पाइएको छ ।
उपचारका लागि मोटरसाइकलको पछाडि राखेर अस्पताल लैजाने भनिए पनि प्रहरी चौधरीले होटलमा पुर्याएर भगाएका थिए । छालाको समस्या रहेको भन्दै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जान दुवै कारागारबाट निस्किएका थिए । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुरेशप्रसाद काफ्ले प्रहरीकै चरम लापरवाहीले घटना भएको बताए ।
‘त्यो खुँखार अपराधी हो,’ काफ्लेले लोकान्तरसँग भने, ‘साढे ७ वर्षअघि आफ्नै प्रेमिकालाई झुण्ड्याई मारेर २० वर्ष (जन्मकैद) भोग्दै आएको हो । प्रहरीकै कमजोरीले घटना भएको हो । हामी सुक्ष्म अनुसन्धानमै छौं । घटनामा सुरक्षामा खटिएका प्रहरीकै कमजोरी छ ।’
कारागारबाट निस्केपछि प्रहरी जवान चौधरी र कैदी परियार घोराहीकै प्याराडाइस होटलमा पुगेर कफी खाएको, त्यसपछि सब्जीमण्डी पुगेर घोराहीकै बीपी चोक नजिकै रहेको थकाली भान्साघरमा २ जना महिला लिएर गएको अनुसन्धानबाट खुलेको छ । होटलबाट परियारले प्रहरी जवानको मोटरसाइकल लिएर भागेका थिए ।
अहिले जेलर र सुरक्षार्थ खटाएका सबै सुरक्षाकर्मीले परिवर्तन गरिएको छ । घटनापछि कारागारका जेलर युवराज परियारलाई जिल्ला प्रशासन कार्यालय र सुरक्षा प्रमुख, प्रहरी सहायक निरीक्षक रुद्रबहादुर सेन ठकुरीसहित सबै प्रहरीलाई जिल्ला प्रहरी कार्यालयमा तानिएको एसपी काफ्ले बताए ।
प्रशासनले जेलर परियारको ठाउँमा तुलसीपुर कारागारका जेलर अमर वलीलाई ल्याएको छ । प्रहरीले प्रहरी नायव निरीक्षक (सई) नन्दराम केसीको कमाण्डमा ७ जना प्रहरीलाई कारागारको भित्री सुरक्षार्थ खटाएको छ ।
प्रहरी अनुसन्धानअनुसार चौधरी र परिवार छुट्टाछुट्टै कोठामा महिलासँग बसेका थिए । कफी पिएपछि कैदी परियारले होटलसम्म मोटरसाइकल आफैं चलाएर लगेका थिए । परियार दिउँसो १२ बजेतिर भागे पनि प्रहरी जवान चौधरीले अपराह्न ४ बजे मात्रै कैदी भागेको जानकारी गराएका थिए । भाग्न प्रयोग गरेको मोटरसाइकल लमही–६ बेलदमारको जंगलमा फेला परेको थियो ।
कैदी भागेको प्रकरणमा प्रहरी जवान चौधरीसहित ५ जना पक्राउ परेका छन् । घटनामा संलग्न भएका प्रहरी जवानसहित कारागारका कार्यालय सहयोगी, होटलमा पुगेका २ महिला र होटल सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरू कहाँ–कहाँ पुगे भन्ने सीसी टीभी फुटेज समेत प्रहरीले संकलन गरेको छ ।
फरार कैदी परियार कारागारका नाइके समेत थिए । उनले कैदीबन्दीको समस्या बुझ्ने र बाहिर कारागार प्रशासनसँग समन्वय गर्ने जिम्मेवारी पाएका थिए । उनी बेलाबेलामा तरकारी, मासु, अन्य सरसामान किन्न बजारसम्म पुग्ने गरेको पाइएको छ । काफ्लेले सुरक्षा र कारागार प्रशासनको चरम लापरवाहीसँगै मिलेमतोमा घटना भएको बताए ।
घटनाबारे सुक्ष्म ढंगले अनुसन्धान भइरहेको र दोषी सबैलाई कानूनअनुसार कारवाही हुनेमा ढुक्क हुन काफ्लेले आग्रह गरेका छन् ।
प्रहरीले खैरो हेरोइनसहित एक भारतीय नागरिकसहित ६ जनालाई पक्राउ गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले २४६ ग्राम खैरो हिरोइनसहित भक्तपुरका २७ वर्षीय विवेक त्चायना, ताप्लेजुङका ३४ वर्षीय कर्णबहादुर सेलिङ...
प्रहरी नायव महानिरीक्षक (डीआईजी) पूजा सिंह प्रशासनतर्फ पहिलो महिला प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बन्ने भएकी छन् । गृह मन्त्रालयको आज (सोमवार) बसेको बढुवा समिति बैठकले डीआईजी...
रुपन्देही प्रहरीले नक्कली सुन बिक्री वितरणमा ठगी गर्ने गिरोहलाई पक्राउ गरेको छ । प्रहरीले जेठ ५ गते रुपन्देहीको सैनामैना नगरपालिका–१० शीतलापुरस्थित होटलमा बुटवल उपमहानगरपालिका– १७ बस्ने वर्ष ४०...
ब्युटी प्याजेन्टको नाममा बालिकामाथि बलात्कारको आरोप लागेका मनोज पाण्डेलाई जिल्ला अदालत काठमाडौंबाट मानव बेचबिखन तथा ओसारपसारमा ५ दिनको म्याद थप गरिएको छ । प्रहरीका अनुसार आज (सोमवार) उनलाई&nb...
विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका सेन्ट लरेन्स कलेजका कोअर्डिनेटर जनार्दन अधिकारी र अर्का एक शिक्षकलाई बर्खास्त गरिएको छ । काठमाडौं चावहिलमा रहेको कलेजमा कक्षा ११ मा पढ्ने विद्यार्थी...
यौन दुर्व्यवहार गरेको आरोपमा काठमाडौंमा कलेज कोअर्डिनेरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गौशालाको सेन्ट लरेन्स कलेजका कोअर्डिनेटर जनार्दन अधिकारीले कक्षा ११ की एक छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा सोधपु...
केपीबा (एमाले अध्यक्ष केपी शर्मा ओली) धेरैका बा थिए, तर कतिपयका लागि उनी बाजस्ता थिएनन् । मलाई लाग्छ, बा हुनका लागि आवश्यक गुण ओलीसँग छैन । बा त्यस्तो व्यक्ति हो, जसले सबैका छोराछोरीलाई आफ्नैसरह माया गर्छ,...
स्थानीय निर्वाचनको नतिजाले फरक तरंग सिर्जना गरेको छ । हरेक सरोकारवाला, राजनीतिका शुभचिन्तक, राजनीतिशास्त्री, राजनीतिकर्मी सबैलाई धेरै कुरा सिकाएको छ । चुनाव स्थानीय थियो, शिक्षाचाहिँ राष्ट्रिय दिएको छ । मतदात...
अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० का निम्ति प्रस्तुत गर्ने बजेटका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलका निम्ति राष्ट्रिय सभाको बैठकमा दस्तावेजसहित आफ्ना विचारहरू प्रस्तुत गर्नुभयो । स्थानीय तहको निर्वाचन आ...