×
Bajaj Top
Khukuri
Dataz
FONEPAY

उदाहरणीय सिंगापुर

सिंगापुरको चामत्कारिक सफलताको कथा : यी ५ कारणले धनी बन्यो सानो एसियाली मुलुक

काठमाडाैं | पुस १५, २०७८

NTC
Photo : CNN
TVS INSIDE

सिंगापुर, हङकङ, दक्षिण कोरिया र ताइवानलाई एसियाका चार बाघहरू भन्ने गरिन्छ । केही महिनाअघि सिंगापुरले अमेरिका र हङकङलाई पछि पारेर संसारको सबभन्दा प्रतिस्पर्धात्मक अर्थतन्त्रको दर्जा हासिल गरेको थियो । 

Sanima Bank
morang Auto yamaha

स्विट्जरल्यान्डको बिजनेस स्कूल आईएमडीले जारी गरेको सूचीमा सिंगापुर अग्रस्थानमा रहेको हो । आईएमडीले कुनै पनि देशमा कम्पनीहरूले दिगो विकास हासिल गर्न, रोजगारी उत्पन्न गर्न तथा नागरिकहरूको कल्याणमा वृद्धि गर्न कत्तिको वातावरण पाउँछन् भन्ने आधारमा सूची तयार पार्ने गर्छ । 


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

सिंगापुर अत्याधुनिक प्राविधिक पूर्वाधार, दक्ष श्रमिकको उपलब्धता, सहज आप्रवासन कानून र नयाँ व्यापार शुरू गर्नका लागि सहजताका कारण शीर्ष स्थानमा रहन सफल भएको बताइन्छ । 

दक्षिणपूर्वी एसियाको सानो मुलुकले यस्तो उपलब्धि कसरी हासिल गर्न सक्यो ? सिंगापुरमा दुई वर्षभन्दा बढी समय बिताएका एक विदेशीको आँखामा उक्त मुलुकको सफलताका कारणहरू बखान गरिएको छ । 

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

१. भूगोल र छिमेक

सिंगापुर दक्षिणपूर्वी एसियाको बीच भागमा रणनीतिक रूपमा अवस्थित व्यापार तथा बन्दोबस्तीको सामानको केन्द्र हो । उदाहरणका लागि, जापान र दक्षिण कोरिया जस्ता पूर्वी एसियाली मुलुकहरूमा तेल निर्यात गर्नुछ भने पश्चिम एसियाबाट आएका कन्टेनर जहाजहरू छोटो बाटोका लागि सिंगापुरस्थित मलक्का जलसन्धि हुँदै जानुपर्ने हुन्छ । 

ती जहाजले बीचमा तेल नहालिकन पूरा यात्रा गर्न सक्दैनन् । त्यसैले कन्टेनर जहाजहरूका लागि व्यापारको केन्द्रका रूपमा सिंगापुर प्राकृतिक रूपमा नै सही भूगोलमा छ । 

२. स्थिर राजनीतिक वातावरण र नीति

पिपुल्स एक्सन पार्टी सिंगापुरको प्रमुख मध्यमार्गी– दक्षिणपन्थी राजनीतिक दल हो । सन् १९५४ मा स्वतन्त्रता माग्दै खोलिएको दल त्यसअघि विद्यार्थी संगठनका रूपमा रहेको थियो । यसले सिंगापुरको राजनीतिक प्रणालीमा प्रभुत्व जमाउँदै आएको छ । 

उक्त दलका एक संस्थापक सदस्य ली क्वान यू सिंगापुरका प्रथम प्रधानमन्त्री हुन् । उनले तीन दशकसम्म शासन चलाए । लीलाई सिंगापुरका राष्ट्रपिता मानिन्छ र उनकै नेतृत्वमा तेस्रो विश्वको मुलुक पहिलो विश्वको मुलुकका रूपमा विकसित भएको हो ।

लीले विभिन्न विधि अपनाएर देशमा कठोर एकदलीय शासन चलाए जसले गर्दा उनलाई सानो मुलुकमा आफ्नो विशाल भिजनलाई साकार पार्नका लागि वास्तविक शक्ति दियो । 

स्थिर एकदलीय शासन भएको राजनीतिक प्रणालीले आर्थिक वृद्धिका लागि मलिलो आधार प्रदान गरेको छ । ली जस्ता दूरदृष्टि भएका नेताको आकर्षक नेतृत्वमा सिंगापुर अन्य विकासशील मुलुकहरूभन्दा निकै अघि बढ्न सकेको हो । 

मास्टर प्लान नामक सरकारी भूमिप्रयोग योजनाले सिंगापुरलाई मध्यकालीन अर्थात् १० देखि १५ वर्षसम्मको विकासलाई निर्देशन गर्छ । यसलाई प्रत्येक पाँच वर्षमा समीक्षा गरिन्छ र यसले सरकारको बृहत् दीर्घकालीन रणनीतिलाई विस्तृत योजनामा परिणत गर्छ जसमार्फत भूमि र घरजग्गाको विकासलाई निर्देशित गरिन्छ । 

दक्षिण कोरियामा यसको ठ्याक्कै विपरीत हुने गरेको छ । त्यहाँ सरकार परिवर्तन हुनेबित्तिकै पूर्व सरकारको नीतिलाई उल्ट्याइने गरिन्छ । उदाहरणका लागि, राष्ट्रपति मून जे–इन सत्तामा आएपछि आणविक विद्युत् भट्टीहरूलाई बन्द गराए । विगत कैयौं दशकमा विकसित भएको ठूलो उद्योग ध्वस्त भयो । दीर्घकालीन योजना बनाउने हो भने नीतिमा स्थिरता हुनु जरूरी छ भन्ने कुरा यसले देखाउँछ । 

हङकङ पनि सिंगापुर जस्तै सानो नगरराज्य हो र त्यहाँ पनि कारोबारमैत्री वातावरण छ अनि त्यहाँ विगतमा धेरै लगानी हुने गरेको थियो । तर हालैका दिनमा हङकङमा देखिएको राजनीतिक अस्थिरताले कसरी राजनीतिक जोखिमबाट व्यापारलाई नकारात्मक असर पार्छ भनी देखाएको छ । 

३. चुस्तदुरुस्त तथा सक्षम सार्वजनिक क्षेत्र

सिंगापुरका प्रतिभाशाली युवा सरकारी छात्रवृत्तिमा विदेश पढ्न जान्छन् । पढाइ सकेपछि उनीहरूलाई सिंगापुर फर्किन र कैयौं वर्षसम्म सार्वजनिक क्षेत्रमा काम गर्न लगाइन्छ । 

त्यसबाहेक सिंगापुरमा सरकारी कर्मचारीहरूलाई राम्रो तलब दिने नीति लामो समयदेखि नै छ । कर्मचारीहरू प्रतिस्पर्धात्मक रहिरहून् भनी सरकारले तलबको समीक्षा तथा सुधार नियमित रूपमा गर्ने गरेको छ ।

देशले आर्थिक लाभ पाएसँगै सरकारी कर्मचारीले पनि बोनस पाउने गरेका छन् । 

राम्रो तलब पाएमा सरकारी कर्मचारीले भ्रष्टाचार गर्दैनन् भन्ने विश्वासका आधारमा यी नीतिहरू बनाइएका हुन् । सार्वजनिक क्षेत्रमा भ्रष्टाचार गरिएमा सरकारले दोषीलाई निकै कठोर कारवाही गर्छ ।

राम्रोलाई पुरस्कार र खराबलाई दण्ड दिने यस नीतिका कारण सिंगापुरमा सरकारी क्षेत्रप्रतिको आकर्षण बढाएको छ । प्रतिभाशाली नागरिकहरू सरकारी काम गरेर समाजलाई योगदान गर्न चाहन्छन् । 

यसको प्रभावकारिताको एक उदाहरण यातायात मन्त्रालयले प्रस्तुत गरेको छ । यस मन्त्रालयले सार्वजनिक यातायात प्रणालीका विषयमा मिश्रित दृष्टिकोण अपनाएको छ ।

त्यसअन्तर्गत उसले राष्ट्रियकरण गरिएको प्रणालीको कामकाज (सरकारले बस सेवा, रेल लाइन र सञ्चालन मापदण्डको निगरानी गर्ने) सँग निजी क्षेत्रको कार्यक्षमता (निजी कम्पनीहरूले गर्ने बस र ट्रेन सञ्चालन) लाई मिश्रण गर्ने गरेको छ । 

४. व्यापारमैत्री वातावरण

सिंगापुर करको कम दरहरूका लागि प्रख्यात छ । त्यहाँ आय र कर्पोरेट करहरू संसारकै सबभन्दा कममा गनिन्छन् । त्यसमाथि विभिन्न करमा छुट पनि दिने गरिन्छ । पूँजीगत लाभ, लाभांश, पैतृक धन र उपहारमा कुनै कर लाग्दैन । सुन र चाँदीको कारोबार केन्द्र बन्न खोजेको सिंगापुरमा तिनको कारोबारमा कुनै कर लगाइँदैन । 

सरकारले महत्त्वपूर्ण क्षेत्र तथा उद्योगहरूमा गर्ने सहयोगले विदेशी लगानी तथा कम्पनीहरूलाई आकर्षित गर्न महत्त्वपूर्ण भूमिका खेल्छ । अझ, सरकारी कर्मचारीहरू प्रायः जसो शिक्षित सम्भ्रान्त हुन्छन् र उनीहरूलाई कुन उद्योगमा जोड दिने र प्रवर्धन गर्ने भन्ने कुरा थाहा छ । 

५. असमानताका बावजूद सहज जीवनयापन

द्रुत गतिमा आर्थिक वृद्धि हुँदा असमानता बढ्नु अवश्यम्भावी छ । जिनी कोएफिसिएन्टमार्फत मापन गर्दा सिंगापुरमा असमानता उच्च नै देखिन्छ ।

सरकारले क्षमतामा आधारित प्रणाली (मेरिटोक्रेसी) मा विश्वास राख्ने गरेको र कम सुविधा पाएका व्यक्तिहरूलाई अवसरमा पहुँच दिलाउनका लागि व्यावहारिक दृष्टिकोण अपनाउने गरेको छ । सबैजनाको उदय होस् भन्नका लागि कम सुविधा पाएकाहरूलाई उपलब्ध अवसरको भरपूर फाइदा उठाउन र खाडलहरू पुर्न सरकारले प्रयास गर्ने गरेको छ । 

असमानता उच्च भए पनि सिंगापुरमा कम धन भएकाहरूलाई सहजै जीवनयापन गर्नका लागि वातावरण बनाइएको छ । 

सिंगापुरको बस र सबवे लगायतको सार्वजनिक यातायात गुणस्तरीय छ अनि बेलायत र अमेरिका जस्ता विकसित मुलुकहरूको तुलनामा सस्तो पनि छ । 

सिंगापुरमा कार किन्न चाहिँ साह्रै महंगो पर्छ । सरकारले गाडीहरूको संख्यालाई सीमित बनाउनका लागि कारको लाइसेन्स लिन चर्को मूल्य तिर्नुपर्ने बनाएको छ ।

लाइसेन्सको दस्तुर निकै चर्को भएकाले सिंगापुरमा दक्षिण कोरियाको भन्दा तीनगुणा बढी पैसा तिरेर मात्र कार किन्न सकिन्छ ।  

आवास र भोजनमा पनि ठूलो भिन्नता छ । एकातर्फ सिंगापुरवासीहरू सरकारको हाउजिङ यान्ड डिभेलोपमेन्ट बोर्डद्वारा सस्तो मूल्यमा उपलब्ध गराइएको सार्वजनिक आवासमा बस्न पाउँछन् र स्थानीय फूड कोर्टमा गएर लगभग ६ सिंगापुरी डलर तिरेर खान पाउँछन् । अर्कातर्फ धनी सिंगापुरवासीहरू निजी विलासी घरमा बस्छन् र महंगा रेस्टुराँमा गएर भोजन गर्छन् ।

तर सरकारले उपलब्ध गराएको आवासमा बस्ने र सस्ता फूड सेन्टरमा खाना खाने मानिसहरूले पनि जीवनयापनको राम्रो मापदण्ड अपनाउन सक्छन् । यसरी सिंगापुरले धनी र कम धनी दुवैका लागि व्यवस्था मिलाएको छ । कम धनी मानिसको जीवनयापन कुनै हालतमा पनि गुणस्तरहीन छैन । 

सम्पत्तिको पुनर्वितरणमा जोड दिनुभन्दा पनि सिंगापुरले असमानता अवश्यम्भावी भएको तथ्यलाई स्वीकार गरेको छ । त्यसको साटो उसले क्षमतामा आधारित प्रणालीलाई प्रोत्साहन गरेको छ र दुवै किसिमका आर्थिक हैसियत भएका मानिसलाई बाँच्नका लागि राम्रो वातावरण उपलब्ध गराएको छ । 

निष्कर्ष

यी सबै कारणहरूले गर्दा बस्नका लागि सिंगापुर विशेष ठाउँ बन्न पुगेको छ । सिंगापुर बस्दाको मेरो अनुभवका आधारमा म यो निष्कर्ष निकाल्न सक्छु: सिंगापुर एसियाको केन्द्रका रूपमा चम्किरहनेछ र भविष्यमा समेत धनी रहिरहनेछ । 

एसिया टाइम्समा प्रकाशित जून योङ क्वोनको आलेखलाई लोकान्तरका लागि विन्देश दहालले अनुवाद गरेका हुन् ।

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ ९, २०७८

निर्वाचन आयोगले प्रस्ताव गरेको जेठ ५ गतेको मितिभित्रै स्थानीय तह निर्वाचन हुन नसके देशमा संवैधानिक संकट उत्पन्न उत्पन्न हुने चिन्ता संवैधानिक कानूनका विज्ञहरूले व्यक्त गरेका छन् । त्यस्तो भएमा देश संवैधानिक सं...

माघ ६, २०७८

स्थानीय तहको चुनावलाई पछि सारेर वैशाखमा प्रतिनिधि सभाको चुनाव गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धनमा राखेको प्रस्तावले राजनीति तरंगित छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले...

माघ ३, २०७८

प्रदेश सभाको कार्यकाल ४ वर्ष सकिएपछि बल्ल प्रदेशले नाम र स्थायी राजधानी पाएको छ ।   प्रदेशसभा गठनको ४ वर्षपछि २ नम्बर प्रदेशले आफ्नो नाम ‘मधेश प्रदेश’ राख्न सफल भएको छ । प्रदेश सभाको सोमवार बस...

माघ ५, २०७८

फेसबूकमा एउटा ग्रुप छ– ‘एक्सन मन्त्री प्रेम आले’ । जसमा एक लाख ३७ हजार मेम्बर छन् । उक्त ग्रुपमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेका हरेक गतिविधि पोस्ट हुन्छन् । उनकै बारेम...

माघ ९, २०७८

विश्वमा शीतयुद्ध चलिरहेको भाष्य निर्माण गरिएको बेलामा अमेरिकी साम्राज्यको विरोध गर्ने तीन शक्तिहरू रुस, चीन र इरानले गत शुक्रवार र शनिवार उत्तरी हिन्द महासागरमा संयुक्त सैन्य अभ्यास गरेका छन् । उक्त अभ्यासको नाम चि...

माघ ४, २०७८

कोरोनाभाइरस देखिएको दुई वर्ष पूरा भइसक्दा पनि अझै यो निर्मूल हुने लक्षण देखिएको छैन । नेपालमै पनि कोरोनाको ओमिक्रोन भेरिएन्टका कारण तेस्रो लहर आएर धेरैजना बिरामी भइरहेका छन् । कोभिडबाट मुक्ति पाउनका लागि...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...