जेठ ११, २०७९
आठ हजार १९० रोपनी सरकारी, सार्वजनिक र गुठी जग्गा हिनामिना भएको भन्दै सरकारलाई बुझाइएको प्रतिवेदन डेढ वर्ष बित्न लाग्दा पनि कार्यान्वयन हुन सकेको छैन । विशेष अदालतका पूर्व अध्यक्ष मोहनरमण भट्टराईको संयोजकत्वमा...
काठमाडाैं | पुस १६, २०७८
नेकपा एमालेको जिल्ला अधिवेशन नजिकिएसँगै नेतृत्वका लागि नेताहरूको दौडधूप शुरू भएको छ । आकांक्षीहरू नेता आफूलाई समर्थन खोज्दै दौडधूपमा छन् ।
यही पुस २३ गते लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा एकसाथ हुने जिल्ला अधिवेशन अगाडि भोलि १७ गते अधिवेशनका लागि प्रतिनिधि छनौट हुँदैछन् । जिल्ला अध्यक्ष शिवराज सुवेदीले अध्यक्षमा नदोहोरिने बताइसकेका छन् ।
प्रदेशमा एमालेको बढी प्रभाव र शक्ति रहेको रूपन्देही एमालेको नेतृत्वका लागि जिल्ला कार्यालय सदस्य तेजेन्द्र केसी र अखिल नेपाल किसान महासंघको जिम्मेवारीमा रहेका यज्ञ गैरे प्रमुख दाबेदारको रूपमा अगाडि आएका छन् ।
त्यसैगरी एमाले जिल्ला उपाध्यक्ष पुरुषोत्तम घिमिरे, जिल्ला उपसचिव गोपाल राना, तिलोत्तमा नगर प्रमुख वाशुदेव घिमिरे पनि आकांक्षी हुन् ।
घिमिरे लामो समय तत्कालीन एमाले नेता माधव नेपाल समूहमा रहेका नेता हुन् । आकांक्षी आधा दर्जन भए पनि अन्तिममा केसी र गैरेमध्ये एकजना अध्यक्ष हुने एमाले जिल्ला नेताहरू बताउँछन् । केसीले एमाले र माओवादी एक हुँदा जिल्ला सहसंयोजकको भूमिका पनि निभाएका नेता हुन् ।
एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेल, सचिव छविलाल विश्वकर्मा र एमालेका प्रभावशाली नेता घनश्याम भुसालको गृहजिल्ला रूपन्देहीमा जिल्ला अध्यक्ष चयनको विषयलाई चासोका साथ हेरिएको छ । नेता केसीले आफू स्वाभाविक रूपमै जिल्ला अध्यक्षको दाबेदार भएको बताए ।
त्यस्तै पश्चिम नवलपरासीमा पनि अध्यक्षका लागि नेताहरूको दौडधूप चलेका छ । पार्टी जिल्ला अध्यक्ष तुलसी पासीले नेतृत्वमा पुनः नआउने आशय व्यक्त गरेका छन् । प्रदेश सचिवालय सदस्य दीपेन्द्र अधिकारी र जिल्ला सचिव थानप्रसाद गैरे पनि अध्यक्षका लागि आकांक्षी छन् ।
अधिकारीलाई पार्टीका जिल्लाका नेता तथा प्रदेशका पूर्व मन्त्री बैजनाथ चौधरीको साथ छ । एमाले जिल्ला उपसचिव राजनकुमार आचार्यले अधिकारी र गैरेमध्ये एकजना सर्वसम्मत रूपमा जिल्लाको नेतृत्वमा आउने बताए ।
उपाध्यक्षमा बर्दघाट नगर प्रमुख धिरज शर्मा र सचिवमा आचार्य हालका उपसचिव आचार्यको सम्भावना छ ।
त्यसैगरी कपिलवस्तुमा पनि नेतृत्वका लागि नेताहरू अगाडि सरेका छन् । प्रदेश कमिटी सदस्य डम्बर शर्मा र जिल्ला उपाध्यक्ष बाबुराम खनालले अध्यक्षमा दाबी गरेका छन् ।
विद्यार्थी राजनीतिबाट आएका शर्मा एमाले प्रदेश कमिटी सदस्य पनि हुन् । त्यस्तै खनाल माधव नेपाल समूहमा रहेका थिए ।
अध्यक्ष झविलाल पोखरेल नेतृत्वमा पुनः आउने तरखरमा लागेपछि शर्मा र खनालले नेतृत्वका लागि आपूm निकट नेता र कार्यकर्तालाई आफ्नो पक्षमा माहोल बनाउन आग्रह गर्दै आएका छन् ।
अर्घाखाँचीमा पनि नेतृत्वका लागि पिताम्बर भुसाल, तेजबहादुर रायमाझी र जीवनारायण कोइराला नेतृत्वमा लागि आकांक्षी छ । रायमाझी एमाले नेता टोपबहादुर रायमाझीका भतिज हुन् । अर्घाखाँचीमा पूर्व माओवादीबाट एमालेमा आएका नेताहरूको पनि राम्रो प्रभाव छ ।
जिल्लाको नेतृत्व चयनमा नेता चेतनारायण आचार्यको समर्थनको अर्थ रहने एमाले नेताहरू बताउँछन् । उनी भुसाललाई अध्यक्ष बनाउने गरी लागेका छन् । भुसाल हाल उपाध्यक्ष हुन् ।
कोइरालाले एमालेमा गुटगत राजनीति हुँदा समानान्तर कमिटी पनि बनाएका थिए । अर्घाखाँचीमा पार्टीको इञ्चार्ज पूर्व माओवादी तर्फका चन्द्रबहादुर खड्का भएकाले अध्यक्षमा भुसाल हुनुपर्ने मत बलियो छ ।
त्यस्तै एमालेका प्रभावशाली नेताहरू उपमहासचिव प्रदीप ज्ञवाली र सचिव गोकर्ण विष्टको गृहजिल्ला गुल्मीमा बालसिंह काउछा र सोमनाथ सापकोटा मुख्य प्रतिस्पर्धी देखिएका छन् ।
उपाध्यक्ष काउछालाई ज्ञवाली र सचिव सापकोटालाई विष्टको समर्थन रहेको बताइन्छ । हालका अध्यक्ष मधुकृष्ण पन्तले पनि पाएसम्म दोहोरिने इच्छा व्यक्त गरेका छन् । पन्त छत्रकोट गाउँपालिकाका अध्यक्ष पनि हुन् ।
गुल्मीमा एमालेको बलियो प्रभाव रहेकाले आउँदो निर्वाचनमा पार्टी पंक्तिलाई सशक्त परिचालन गर्न सक्ने नेतृत्व जिल्लाले खोजेको नेताहरू बताउँछन् ।
यसैगरी पाल्पामा नेतृत्वका लागि नेताहरू खुलेर लागेको देखिएको छैन । अध्यक्ष नारायण आचार्य नै दोहोरिने सम्भावना रहेको चर्चा छ ।
उपाध्यक्ष मोहन थापा र सचिव ओमबहादुर घर्तीले खासै चासो नदेखाएपछि अध्यक्ष दोहोरिने सम्भावना बढेको एक नेताले बताए ।
सांसद सोमप्रसाद पाण्डे नेकपा एकीकृत समाजवादीमा गए पनि जिल्लाका कार्यकर्ताहरूले खासै एमाले छाडेनन् ।
अर्को स्टोरीमा लुम्बिनी प्रदेशका बाँकी ६ जिल्लाको समाचार प्रस्तुत गरिने छ । लुम्बिनी प्रदेशमा १२ जिल्ला रहेका छन् ।
आठ हजार १९० रोपनी सरकारी, सार्वजनिक र गुठी जग्गा हिनामिना भएको भन्दै सरकारलाई बुझाइएको प्रतिवेदन डेढ वर्ष बित्न लाग्दा पनि कार्यान्वयन हुन सकेको छैन । विशेष अदालतका पूर्व अध्यक्ष मोहनरमण भट्टराईको संयोजकत्वमा...
काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको जीत पक्का भएको छ । पाँचवटा वडाको १९ हजार ३२३ मत गन्न बाँकी नै रहँदा बालेनले गणितीय रूपमा जीत पक्का गरेका हुन् । अन्तिम परिणाम घोषणा हुन भन...
सरकारले पाँचजना सचिवको सरुवा गरेको छ । मन्त्रिपरिषद्को मंगलवार बसेको बैठकले पाँच सचिवको सरुवा गर्ने निर्णय गरेको हो । जसअनुसार रवीन्द्रनाथ श्रेष्ठलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट राष्ट्रिय स...
शुक्रवारदेखि प्रदर्शनमा आउने तयारीमा रहेको मल्टीस्टारर चलचित्र ‘कबड्डी ४’ले मल्टिप्लेक्स हलहरूमा सर्वाधिक शो पाएको छ । देशको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले प्रदर्शनको पहिलो दिन चलचित्रलाई ९७ श...
भरतपुर महानगरपालिकामा दोस्रो कार्यकालका लागि निर्वाचित रेनु दाहालले बुधबार (आज) बिहान पदभार ग्रहण गरेकी छिन् । पदभार ग्रहण गर्दै दाहालले २ निर्णय गरेकी छिन् । उनले दोस्रो कार्यकालको पहिलो निर्णयमा अब भरत...
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मंसिर या फागुमा प्रतिनिधि सभाको चुनाव हुने भन्दै अहिलेदेखि नै तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिएका छन् । स्थानीय तह निर्वाचनबाट कांग्रेसको लोकप्रियता बढेकाले जनतालाई...
केपीबा (एमाले अध्यक्ष केपी शर्मा ओली) धेरैका बा थिए, तर कतिपयका लागि उनी बाजस्ता थिएनन् । मलाई लाग्छ, बा हुनका लागि आवश्यक गुण ओलीसँग छैन । बा त्यस्तो व्यक्ति हो, जसले सबैका छोराछोरीलाई आफ्नैसरह माया गर्छ,...
स्थानीय निर्वाचनको नतिजाले फरक तरंग सिर्जना गरेको छ । हरेक सरोकारवाला, राजनीतिका शुभचिन्तक, राजनीतिशास्त्री, राजनीतिकर्मी सबैलाई धेरै कुरा सिकाएको छ । चुनाव स्थानीय थियो, शिक्षाचाहिँ राष्ट्रिय दिएको छ । मतदात...
अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० का निम्ति प्रस्तुत गर्ने बजेटका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलका निम्ति राष्ट्रिय सभाको बैठकमा दस्तावेजसहित आफ्ना विचारहरू प्रस्तुत गर्नुभयो । स्थानीय तहको निर्वाचन आ...